रुपन्देही उद्योग संघले आफ्नो ४५ औं स्थापना दिवस एवम उद्योग दिवसका अवसरमा आज बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । साथै संघले आजै मानव सेवा आश्रममा रहेका सदस्यहरुलाई खाना खुवाउने कार्यक्रम पनि गरेको छ । संघले दुई छुट्टाछुटै कार्यक्रमको अयोजना गरि रक्तदान र आश्रममा खाना खुवाएको हो। रक्तदान कार्यक्रममा ५२ यूनिट रगत संकलन भएको छ । रक्त सञ्चार केन्द्र, बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा बोल्दै संघका पूर्व अध्यक्ष बोनिन पियाले संघको सामाजिक उत्तरदायित्वलाई नविर्सेर संघको रक्तदान कार्यक्रमले सबै उद्योगीको शिर उचो बनाउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन ।
कार्यक्रममा संघका अर्का पूर्व अध्यक्ष श्याम बहादुर हमालले रुपन्देही उद्योग संघको विगतको इतिहासलाई बचाउदै समाजमा स्थापित भएर अगाडी बढन धेरै चुनौतिहरु रहेको उल्लेख गर्दै समाजप्रतिको दायित्वलाई कहिल्यै विर्सन नहुने बताए । संघका अध्यक्ष माधव प्रसाद पौडेलले संघका गतिविधिहरुलाई अगाडी बढाउने क्रममा सचेत र संयमित भएर लागेको बताउँदै संघले विगतदेखि गर्दै आएका कार्यक्रमलाई निरन्तरता दिने र नयाँ कार्यक्रमहरु थप्दै जाने प्रतिवद्धता जनाए ।
रुपन्देही उद्योग संघको स्थापना दिवसका अवसरमा रक्तदान
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
713
248
411