आज राष्ट्रिय कफी दिवस मनाइएको छ । मङ्सिर १ गते नै दिवस मनाइदै आईएको भइपनि यसपालि चुनावका कारण आज मनाइएको हो । उत्पादकत्वमा सुधार गर्न नसक्दा कफी खेती गरिने जमिनको क्षेत्रफल बढे पनि उत्पादन बढ्न सकिरहेको छैन । आर्थिक वर्ष २०७१र७२ मा नेपालको २ हजार ३ सय ८१ हेक्टर जमिनमा कफीखेती भएकोमा २०७८र७९ मा ३ हजार ३ सय ४३ हेक्टर पुगेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डको तथ्याङ्कमा उल्लेख गरिएको छ।
तर, खेती बढे पनि यसबीचमा कफी उत्पादन भने १ सय ९ मेट्रिक टनले घटेको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०७१र७२ मा ४ सय ६३ दशमलव ५८ मेट्रिक टन कफी उत्पादन भएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ ।२०७८र७९ मा ३ सय ५५ मेट्रिक टन मात्रै उत्पादन भएको छ ।