नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत निकोला पोलिटले लुम्बिनी भ्रमण गरेकी छन् । भ्रमणका क्रममा राजदूत निकोलालाई लुम्बिनी विकास विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश त्रिपाठी, कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानु राजा शाक्य सहितको टोलीले स्वागत गरेका थिए ।
राजदूत निकोलाले मायादेवी मन्दिर, शान्ति दीपको अवलोकन गर्दै राजदूतावास र लुम्बिनी विकास कोषबीच सहकार्य गरेर अगाडि जाने विषयमा सकारात्मक रहेको उपाध्यक्ष भिक्षु मैत्तयले जानकारी दिएका छन । विश्वका बौद्ध भिक्षुणीहरूलाई लुम्बिनीमा भेला गराएर निकट भविष्यमा कविता दिवस मनाउने सोच अनुसार बेलायती राजदूतको लुम्बिनी भ्रमण भएको हो ।
नेपालका लागि बेलायती राजदूतद्वारा लुम्बिनी भ्रमण
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
3K
224
284