spot_img
spot_img
spot_img

धनगढीमा तनाव उत्पन्न : ३७ राउन्ड हवाई फायर, २ दर्जन बढी विद्यार्थी नियन्त्रणमा

spot_img

हिजोदेखी निषेधाज्ञा गरिएको कैलालीको धनगढी तनावग्रस्त बनेको छ । ग्रेडरको ठक्करबाट एक छात्राको मृत्यु भएपछि धनगढीमा विद्यार्थीहरू प्रदर्शनमा उत्रिएका थिए । जिल्ला प्रशासन कार्यालयले लगाएको निषेधाज्ञा तोडेर विद्यार्धीहरु प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले ३७ राउन्ड हवाई फायर गरेको समेत गरेको छ । हिजो बिहान धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरले किचेर मृत्यु भएपछि विद्यार्थीहरू आन्दोलित बनेका हुन ।

घटनाले बृहत रूप लिएपछि हिजो साँझ ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञाकै बीचमा अहिले पनि धनगढीका केही स्थानमा प्रहरी प्रशासनविरूद्ध विद्यार्थीहरू नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा सहभागी दर्जनौं विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ । विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
324
खुसी
173
हासो
105
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img