spot_img
spot_img
spot_img

मानव अधिकार तथा शान्ति समाजद्वारा बिभिन्न संस्थालाई सहयोग

spot_img

मानव अधिकार तथा शान्ति समाजले अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका अवसरमा बिभिन्न ठाँउमा सहयोग गरेको छ। मानव अधिकार तथा शान्ति समाजले बाँके नेत्रहीन संघलाई २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको छ भने सोही दिवसका दिन शान्ति समाज पाल्पा शाखाले पाल्पास्थित सिविआरमा अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा र नवलपुर शाखाले गैँडाकोटस्थित अपाङ्ग जीवन विकास संस्थामा खाद्यान्न वितरण गरेको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसका दिन सो सहयोग हस्तान्तरण गरिएको हो । यसैगरी शान्ति समाज रुपन्देही शाखाले देवीनगरस्थित नेपाल अपाङ्ग आश्रमका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ । यस्तै शान्ति समाज दाङ शाखाले तुलसीपुरमा अपाङ्गमैत्री समाज निर्माण विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
शान्ति समाज केन्द्रीय कार्यसमितिको १५१ औँ बैठक मंसिर १६ गते नेपालगन्जमा सम्पन्न भएको छ । बैठकको सेरोफेरोमा नेपालगञ्जका ६ वटा शैक्षिक प्रतिष्ठानमा लागू औषध÷मदिरा दुर्व्यसन विरुद्ध सचेतना कार्यक्रम सम्पन्न भएको थियो भने मङ्सिर १६ गते नेपालगन्जमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत महिलामाथिको हिंसा र भेदभाव अन्त्य गर, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर भन्दै प्रदर्शन गरिएको थियो ।
यसैगरी विश्व शान्तिको कामना गर्दै नेपालगञ्जको त्रिभुवन चोकमा दीप प्रज्वलन र नेपालगञ्जमै बहुभाषिक शान्ति काव्य प्रवाह समेत आयोजना गरिएको थियो साथै आज बिहान नेपालगञ्जस्थित शमसान भूमिमा शान्ति समाजको आयोजनामा वृक्षारोपण गर्नुका साथै रानी तलाउमा साङ्केतिक सफाइ कार्यक्रम गरिएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
1.7K
खुसी
199
हासो
427
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img