चुनावी नतिजा अन्तिम चरणमा पुगेसँगै सत्तारूढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ । बैठकमा चुनावी समीक्षासँगै नयाँ सरकार गठनको विषयमा छलफल हुने नेताहरूले बताएका छन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीका नेताहरूले यही गठबन्धनलाई निरन्तरता दिने बताए पनि पहिले कसको नेतृत्वमा सरकार गठन गर्ने र प्रधानमन्त्री को हुने भन्ने विवाद छ । यही गठबन्धन कायम रहे पहिला प्रधानमन्त्री को हुने भन्ने विषयमा सहमति हुन बाँकी छ। गठबन्धनभित्र सहमति हुन नसके कांग्रेस–एमाले वा एमाले–माओवादी र अरू दलको समीकरण सक्ने विश्लेषण हुँदै आएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??