spot_img
spot_img
spot_img

एम्बाप्पे भन्छन्– ‘म विश्व कप जित्न आएको हुँ, अरू केही होइन’

spot_img

फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले हिजो आइतवार भएको खेलमा डिफेन्डिङ च्याम्पियन फ्रान्सलाई जित दिलाउँदै दोस्रो पटक विश्व कपको उपाधि जित्ने आफ्नो ‘सपना’ साकार पार्न केन्द्रित रहेको बताएका छन् । एमबाप्पेको दुई गोलका साथै एक गोलका लागि बल पास गरेपछि पोल्यान्डलाई तीन–एक गोलले पराजित गर्दै फ्रान्स अन्तिम आठमा पुगेको छ । क्वाटर फाइनलमा फ्रान्सले इग्ल्यान्डसँग खेल्नेछ ।३ वर्षीय एमबाप्पेले यस प्रतियोगितामा पाँच गोल गरिसकेका छन् र विश्व कपमा उनको कुल गोल सङ्ख्या नौ पुगेको छ ।
‘म विश्व कपका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई प्रदान गरिने क्रमशः गोल्डेन बल वा गोल्डेन बुटबारे सोचिरहेको छैन’, पेरिस सेन्ट जर्मेन ९पीएसजी० का फरवार्डले भने । उनले भने, ‘मेरो एकमात्र उद्देश्य विश्व कप जित्नु हो । अहिले क्वाटर फाइनल सबैभन्दा महत्त्वपूर्ण कुरा हो । यो एकमात्र चिज हो जसले मेरो विश्व कप जित्ने सपना साकार पार्न सक्नेछ । म यहाँ विश्व कप जित्न र राष्ट्रिय टोलीलाई सहयोग गर्न आएको हुँ, अरू केही होइन ।’
एमबाप्पेले आइतवारसम्म आफूले सञ्चारमाध्यमसँग कुरा नगर्नुको कारण पनि स्पष्ट पारेका छन् । उनले भने, ‘पत्रकारप्रति मेरो व्यक्तिगत कुनै आपत्ति छैन । मैले फुटबल र प्रतियोगितामा मात्र ध्यान केन्द्रित गर्न आवश्यक छ ।’
उनले भने, ‘म यो प्रतियोगिताका लागि तयार हुन चाहन्थेँ र अहिलेसम्म सबै कुरा राम्रो भइरहेको छ । तर हामी अझै पनि हाम्रो लक्ष्यबाट धेरै टाढा छौँ र अब हामीले क्वाटर फाइनलमा ध्यान केन्द्रित गर्नु पर्दछ ।
‘क्वाटर फाइनलमा पुग्न पाउँदा हामी निकै खुसी छौँ । पोल्यान्डको विरुद्धमा खेल्नु एक कठिन क्षण थियो । हामीले कडा टोलीसँग खेल्यौँ र खेलको समयमा महत्त्वपूर्ण समयमा गोल गर्न सफल भयौँ । यद्यपि, अझै पनि हामीले राम्रो खेल्न सकेनौँ, हामीले जित्यौँ र हामी खुसी छौँ’, उनले भने ।
-एजेन्सी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img