spot_img
spot_img
spot_img

भैरहवामा जारी अन्तर विद्यालय टी-२० क्रिकेटमा होराइजन र जेसिज विजयी

spot_img

भैरहवामा जारी स्वर्गिय शेरबहादुर सेन्चुरी मेमोरियल अन्तर विद्यालय स्तरीय टी-२० क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबारको खेलमा होराइजन जीविएस स्कूल, बुटवल र जेसिज हाई स्कूल भैरहवा विजयी भएका छन् । होराइजनले बुद्धज्योति स्कूल भैरहवालाई १ सय १० रन र जेसिजले शनसाइन इङ्गलिस बोर्डिङ स्कूल, भैरहवालाई १ रनले पराजित गर्दै जित निकालेको छ ।
पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित २० ओभरमा सुदन कँडेल र सुभम खनालको अर्ध शतकीय पारीमा ५ विकेटको क्षतिमा २ सय २ रनको विशाल योगफल बनायो । कँडेलले ५९ रन जोड्दा खनालले ५१ रन बनाए । होराइजनका सुभम खनाल म्यानअफ द म्याच घोषित भए ।
दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको जेसिजले निर्धारित खेलमा पूरै विकेट गुमाउँदै ९७ रनको योगफल बनायो । खेलमा जेसिजका निश्चल भुसाल म्यान अफ द म्याच भए । प्रतियोगिताको बिजेता टिमले नगद ३० र उपबिजेताले १५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । यस्तै म्यानअफ द सिरिजलाई ५ हजार, उत्कृष्ट बलर र ब्याट्स म्यानलाई दुई हजार ५ सय, प्रत्येक खेलको म्यान अफ द म्याचलाई ५ सय रुपैयाँ प्रदान गरिने प्रतियोगिताका संयोजक उदय कुमार मल्लिकले बताए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img