गुल्मी/कौरव खत्री,
गुल्मीको इस्मा गाउँपालिकाले गाउँपालिका भित्र रहेका नागरिकको आँखाको शल्यक्रिया नि:शुल्क गरिरहेको छ। गाउँपालिकाले गाउँपालिकाभित्रका नागरिकको आँखाको शल्यक्रिया नि:शुल्क गरेपछि स्थानीयले राहत महसुस गरेका छन । इस्मा ५ का मन बहादुर कुँवरले पालिकामै नि:शुल्क शल्यक्रिया भएपछि आफुहरुलाइ अत्यन्तै राहत भएको बताए । उनले भने “आँखाको शल्यक्रिया सित्तैमा भयो । अब अरुले झैँ राम्ररी देख्न र हेर्न पाउँने भए।” आँखाको ज्योति पुन पाएपछि खुसि हुँदै उनी आफ्ना नातिको हात समाइ घर फर्किए । एक जनाको आँखाको शल्यक्रिया गर्न ७ हजार बढि रकम लाग्ने गर्दछ। धनी व्याक्तिलाइ यो रकम धेरै नभए पनि सामान्य नागरिकलाई यो रकम धेरै नै हुने गर्दछ। सदरमुकाम तम्घास आउन जाना र खाना बस्न खर्च बढि हुने भएको र आखाको शल्यक्रिया नि:शुल्क भएपछि “आफुलाइ राहात मिलेको” इस्मा ४ कि ६४ बर्षिय उमा दर्जिले बताइन् ।
उमेर बुढेसकालमा प्रवेश गरेपछि शरिरका विभिन्न अङ्गले काम गर्ने छाड्छन । त्यस्तै आँखामा मतियाविन्दु , रतन्धो जस्ता रोगले सताउँने गर्छन् । मोतियाबिन्दुको शल्यक्रिया गाउँपालिकाले नि:शुल्क गरिदिने भएपछि आम नागरिकमा हौसला थपिएको छ । जिल्ला आँखा उपचार केन्द्र र इस्मा गाउँपालिका बिच सम्झौता भए बमोजिम यो कार्यक्रम अगाडि बढेको आँखा अस्पतालका कार्यालय प्रमुख सुर्य बस्नेतले बताएका छन । अहिलेसम्म १७ जना बृद्ध बुद्धाहरुको नि:शुल्क आँखाको शल्यक्रिया गरिएको आँखा अस्पतालका कार्यालय प्रमुख सुर्य बस्नेतले बताएका छन ।
इस्मा गाउँपालिका अध्यक्ष भगत सिंह खडकाले गाउँपालिकाका जनताको आँखाको शल्यक्रिया गर्न नेपाल नेत्र ज्योति संघ गुल्मीसंग सम्झौता गरेको र निशुल्क राहात लिन सबैलाई आग्रह गरेको बताएका छन । उनले गाउँपालिकाका जनताको स्वास्थ्यको निम्ति सधैं सकारात्मक कार्य गर्ने बताए । त्यस्तै गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बृद्ध बुद्धाहरुको आँखाको निशुल्क शल्यक्रिया तथा उपचार गर्ने कार्य निरन्तर चल्ने भएकाले आँखाको समस्या हुने इस्मालिले आफ्नो समय मिलाएर जिल्ला आँखा अस्पताल तम्घास गएर सेवा लिन अनुरोध गरेकि छन् ।