spot_img
spot_img
spot_img

पाल्पाको चिर्तुङ्गधारामा बिहे भोज खाएर बिरामी भएकामा आउँको किटाणु भेटियो

spot_img

पाल्पामा बिहे भोज खाएपछि बिरामी परेकाहरूमा आउँको किटाणु भेटिएको पुष्टि भएको छ । गत शनिबार बिहे भोज खाएकाहरु रातिदेखि नै बिरामी भएपछि उनीहरुलाई घरघरमै पुगेर उपचार गरिएको थियो । दूषित पानी, खाना वा सरसफाइ लगायतका कारण हुने आउँका किटाणुहरु बिरामीमा फेला परेको स्वास्थ्यकर्मीले बताएका हुन ।
पाल्पाको बगनासकाली गाउँपालिका १ चिर्तुङधाराको घोरबन्दाका बिहे भोजमा सहभागी भएका एक सय ५० जना भन्दा बढी बिरामी परेका छन । कतिपय निको भएका छन भने कतिपयमा पुन समस्यन देखिएको बताईएको छ । मिसन अस्पतालमा उपचार गराएर फर्किएकाहरूको प्रयोगशाला रिपोर्टअनुसार सबैमा दिसामा एकै प्रकारको किटाणु देखिएको गाउँपालिकाका अध्यक्ष सरस्वती चिदिले जानकारी दिईन । प्युठानबाट जन्ती आएका ४५ जनाभन्दा बढी जन्ती पनि बिरामी परेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img