spot_img
spot_img
spot_img

“आत्मनिर्भर अर्थतन्त्रका लागि स्वदेशी उत्पादन बढाउनुपर्छ” राष्ट्रपति भण्डारी

spot_img

राष्ट्रपति विद्यादेवी भण्डारीले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने जोड दिएकी छिन । शुक्रवार नेपाल हस्तकला महासङ्घले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलालाई सम्बोधन गर्दै भण्डारीले देशभित्र उपलब्ध स्रोत, साधनको दिगो उपयोग गर्दै स्वदेशी उत्पादन वृद्धि गर्नुपर्ने बताएकी हुन ।
उनले निर्यातमा आधारित हस्तकला उद्योगले देशको दिगो आर्थिक विकास गर्न महत्त्वपूर्ण योगदान गर्नसक्ने बताउदै नेपाली हस्तकलाले देशको सामाजिक तथा सांस्कृतिक विविधतालाई विश्वमा चिनाउने माध्यम रहकोले यसलाई विस्तार गर्न आवश्यक रहेको बताईन ।

साथै उनले देशको विद्यमान बेरोजगारी समस्या समाधान गर्न र युवा जनशक्ति पलायनलाई रोक्न व्यावसायिक तालिमको प्रवद्र्धन गर्दै लैजान आवश्यक रहेको बताईन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img