भैरहवामा आजदेखी आठौं लुम्बिनी राष्ट्रिय महोत्सव सुरु भएको छ । महोत्सवको गृहमन्त्री बालकृष्ण खाँणले उद्घाटन गरेका छन । मेलाको उद्घाटन गर्दै गृहमन्त्री खाँणले नयाँ बन्ने सरकारको पहिलो प्राथमिकता देशमा रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउने रहेको बताएका छन । यो सरकारले पनि उद्योगी ब्यवसायीको बिषयमा गम्भिरतका साथ बिषय उठान गरेको बताउदै नया बन्ने सरकारको पहिलो प्राथमिकता आर्थिक क्षेत्रलाई सम्बोधन गर्नु नै रहेको उल्लेख गरे ।
गृहमन्त्री खाँणले सिद्धार्थ मण्डपको ब्यस्थापन नगरपालिकाले गरे बजेट ब्यवस्थापन सरकारले गर्ने आश्वासन दिएका छन् । सिद्धार्थनगरको सुखदुखमा साथ रहने प्रतिवद्धता संगै गौतमबुद्ध अन्र्तराष्टिय बिमानस्थल आर्थिक विकासको केन्द्र बन्ने खाँणको भनाई छ । भविष्यमा बिमानस्थलले आम नागरिकको जिवनमा परिवर्तन ल्याउने उनको भनाई छ ।
सिद्धार्थनगर उद्योग बाणिज्य संघको आयोजनामा पुष ४ गते सम्म लाग्ने मेलामा स्वदेशी, गुणस्तरीय वस्तु तथा सेवाहरुको उपभोगप्रति उपभोक्ताहरुलाई जागरुक बनाई सीमावर्ती बजारमा पाइने सामानहरु बीचको तुलनात्मक मूल्यका बारेमा उपभोक्ताहरुलाई जानकारी दिने संघका वरिष्ठ उपाध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताएका छन । यसको साथै वर्तमान आर्थिक तरलता अवश्थामा आर्थिक गतिविधि बढाउने पनि मेलाको उद्देश्य रहेको श्रेष्ठको भनाई छ ।
विभिन्न उद्योग तथा ब्यापारिक प्रतिष्ठान, स्थानीय घरेलु तथा साना उद्योग, महिला उद्यमी व्यवसायीहरुले भाग लिने लुम्बिनी महोत्सव २०७९ मा २ सय ५० स्टल रहेको छ ।
करिब २ लाख ५० हजार दर्शकहरूले अवलोकन गर्ने अपेक्षा गरिएको १० दिने मेलामा करिव १० करोड रुपैया बराबरको कारोवार हुने अनुमान गरिएको घिमिरेले बताएका छन । यसले महोत्सबाट थप अर्थिक गतिविधि चलायमान हुने उनको भनाई छ । भैरहवाको अञ्चलपुरमा सञ्चालन गरिने मेलाको प्रवेश शुल्क ५० रुपैया तोकिएका छ । बिद्यार्थीहरु संग ३० रुपैया मात्र शुल्क लिने आयोजकले जनाएका छन ।