spot_img
spot_img
spot_img

एमाले : ३४ जना समानुपातिक सांसदको टुङ्गो लाग्यो

spot_img

नेकपा एमालेको आज सचिवालय बैठकले प्रतिनिधि सभाको समानुपातिकतर्फ पाएको ३४ सिटमा सांसद सिफारिस गरेको छ। १२ पुरुष र २२ महिला गरी ३४ जना चयन गरी नर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको हो । एमालेबाट समानुपातिकतर्फ सांसद बन्नेहरुमा आदिवासी पुरुष जनजातितर्फ देवीप्रसाद भट्टचन, हेमराज राई र कालुराम राई ,आदिवासी महिला जनजातितर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेवे, ईश्वरी घर्ती, रणकुमारी बलाम्पाकी, शान्ति श्रेष्ठ, सरस्वती सुब्बा रहेका छन ।

यस्तैगरी खस आर्य पुरुषतर्फ रघुजी पन्त, एकनाथ ढकाल र दयालबहादुर शाही, खस आर्य महिलातर्फ मेनका पोखरेल, सरिता भुसाल, शोभा ज्ञवाली, विजुला रायमाझी, निर्मला कोइराला, सम्झना थपलिया, दीपा शर्मा र सुनीता बराल रहेका छन भने थारु तर्फ आश्माकुमारी चौधरी, शान्ति चौधरी , दलित पुरुष तर्फ ईश्वरबहादुर रिजाल, प्रभु हजारा पासवान, चन्द्रबहादुर विश्वकर्मा, दलित महिला तर्फ रुक्मणी राना बराइली र हर्कमाया विश्वकर्मा चुुुनिएका छन ।

मधेशी पुरुष तर्फ गंगाप्रसाद यादव, अमृतलाल राजवंशी र मधेशी महिला तर्फ विना देवी, अमृता अग्रहरि र प्रतीक्षा तिवारी मुखिया, मुस्लिम तर्फ सराज अहमद खान रहेको एमालेले जनाएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img