spot_img
spot_img
spot_img

कांग्रेसले टुङ्गो लगायो समानुपातिक सांसद

spot_img

नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३२ जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । प्रतिनिधिसभातर्फ विभिन्न क्लस्टरबाट ३२ जनाको नाम टुङ्गो लगाउँदै आयोगमा सिफारिस गर्ने निर्णय आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गरेको हो । कांग्रेसले सिफारिस गरेका समानुपातिक सांसदहरुमा आदिवासी जनजातितर्फ सरस्वती बजिमय, लिलादेवी बोखिम, सिताकुमारी राना, सुशीला थिङ,सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, मनोरमा सेरचन रहेका छन ।

खस र आर्यमा अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपानेप्रतिमा गौतम, मञ्जु खाँण,रमा कोइराला पौडेल, कान्तिका सेजुवाल, मैना रावल कार्की छन यस्तै मधेसीतर्फ नागिना यादव, मुक्ताकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल र निनुकुमारी कर्ण रहेका छन । यस्तै दलिततर्फ, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक रहेका छन ।

थारुतर्फ कल्पना चौधरी, विनाकुमारी थनेत चयन भएका छन भने मुस्लिमतर्फ जावेदा खातुन् जागा , पुरुषमा जीवन परियार (दलिततर्फ) विमलेन्द्र निधि (मधेसतर्फ), प्रकाशशरण महत (खस आर्यतर्फ)
कांग्रेसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ५७ सिट जितेको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img