धरोहर बचत तथा ऋण सहकारी संस्था, लिमिटेड कञ्चन ४, रुपन्देहीको १२ औं साधरण सभा सम्पन्न भएको छ । कञ्चनका ३ सहकारीहरु परिपक्व बचत तथा ऋण सहकारी, सानोतिनो बचत तथा ऋण सहकारी र धरोहर बचत तथा ऋण सहकारी संस्था लिमिटेड बिच एक आपसमा मर्ज भई संचालन भएको उक्त साकोस कञ्चनकै सबैभन्दा ठूलो सहकारी हो। साधरण सभाको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सहकारीलाई निर्वाहमुखी भन्दा पनि सदस्यहरुको जिवनस्तर बृद्धि गर्ने उधमशिलता तर्फ आकर्षित गर्ने खालका योजनाहरु सञ्चालन गर्नु पर्नेमा जोड दिनुभयो। सहकारी स्थापन गर्नु कुनै ठूलो कुरा नभएको तर त्यही सहकारीलाई सदस्य केन्द्रित सदस्यहरुको आर्थिक स्तर बृद्धि गर्ने सामुहिक व्यबसाय तथा खेती प्रणालीमा समेत लगानी गरी रोजगार श्रृजना गर्ने तर्फ उन्मुख हुन सकेमात्र सहकारी स्थापनको औचित्य हुने अध्यक्ष ढकालले बताउनुभयो। सकेसम्म सदस्यहरुले गरेको बचतलाई नै उपयोग गरेर सदस्यहरुलाई स्वरोजगार हुने कार्यमा लगानी गर्न प्रोत्साहित गर्नु पर्ने बताउदै अध्यक्ष ढकालले सहकारी नाफा मुलक भन्दा पनि सेवामुलक वित्तिय कारोवारमा ध्यान दिन आग्रह गर्नुभयो।
नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका संचालक समिति सदस्य सन्दिप सापकोटाले अवको सहकारी बचत र ऋणको आधारमा नभई सदस्यहरुलाई स्वरोजगार हुनेगरी व्यबसायिक तथा आयमुलक क्षेत्रमा लगानी गर्न प्रोत्साहित गर्नु पर्नेमा जोड दिनुभयो। यस्तै जिल्ला सहकारी संघका संचालक समिति सदस्य भुपराज भट्टराइले सहकारीले शेयर सदस्यहरुलाई उत्पादनमुलक क्षेत्रमा लगानी गरी स्वय सदस्यहरुलाई स्वरोजगार बन्न उत्साहित गर्नु पर्नेमा जोड दिनु भयो। कार्यक्रममा टुंगा आस्था बचत तथा ऋण सहकाराी संस्थाका व्यबस्थापक लक्षमण कुमार थापाले नियमित बचत गर्ने बानीको बिकासमा बृद्धि भएपनि बचत गरिएको रकमबाट आय तथा व्यवसायमुलक कार्यक्रम सञ्चालन गर्न शेयर सदस्यहरुलाई प्रोत्साहित गर्नु पर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष पुष्पराज शर्माले संस्थाको २१ करोड ५२ लाख ५८ हजार ६८७ रुपैया बराबरको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थालाई उत्पादनमुखी संस्थाको रुपमा बिकास गर्न एकिकृत पुँजीको बिकास गर्न आवस्यक रहेको बताउनुभयो। निकै चुनौतीपुर्ण बावजुद पनि आ आफ्नै पहिचान स्थापित गर्न सफल भएका कञ्चनका तीन सहकारी संस्थाहरुको एकिकरण पश्चात यस संस्थामा २,२६२ जना शेयर सदस्य रहेको लरुपैया रहेका र १३,८१,३९,८९२ निक्षेप संकलन भएको जानकारी दिनुभयो। यस्तै लेख सुपरिबेक्षण समितिका संयोजक विष्णु प्रसाद ढकालले लेखा सुपरिबेक्षण समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो। संयोजक ढकालले लेखा सुपरिबेक्षण प्रतिबबेदन प्रस्तुत गर्दै संस्थाको शेयरपुँजी १ करोड ५५ हजार १५० रुपैया रहको र संस्थाले आ.व. २०७८/०७९ मा ५०,०४,९६५ रुपैया खुद नाफा गरेको जानकारी दिनुभयो।
संस्थाका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघ, रुपन्देहीका लेखा सुपरिबेक्षण समितिका सदस्य नाम बहादुर के.सी.संस्थाका सल्लाहकार लेखनाथ पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा संस्थाका जेष्ठ शेयर सदस्यहरु जमुना श्रीस बुढाथोकी र नवराज आचार्यलाई सम्मान गरिएको थियो। यस्तै असल ऋणीहरुमा कौशिलादेवी सापकोटा र राम प्रसाद आचार्य, असल बचतकर्ताको रुपमा हरि बहादुर राना र अम्बिका पराजुलीलाई सम्मान गरिएको थियो।
यसैगरी गत असार मसान्त सम्म बचतमा ५० हजार रुपैया बचत गर्ने महिला शेयर सदस्यहरु मध्ये सिता सिंजालीलाई पनि सम्मन गरिएको थियो। संस्थाका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष क्या.विष्णुनारायण श्रेष्ठले स्वागत गर्नु भएको थियो भने सचिव कविराज ढकालले संचालन गर्नु भएको थियो। कार्यक्र रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको थियो।