रुपन्देही // निजी विद्यालयहरुलाई प्राविधिक शिक्षा पठनपाठन गर्ने अनुमति नदिएसम्म देशमा रोजगारीको अवसर सिर्जना गर्न नसकिने प्याब्सन नेपालका केन्द्रिय उपाध्यक्ष बिष्णु पन्थीले बताउनुभयो। निजी तथा आवासीय विद्यालय अर्गानाइजेशन (प्याब्सन) नेपाल रुपन्देहीको १९ औं साधारण सभालाई सम्बोधन गर्दै वहाँले ४५ प्रतिशत छात्राबृत्तिको समस्या हाम्रो लागि मुख्य टाउको दुखाईको बिषय भएकोले राजनीतिक अस्थिरताका कारण टुङ्गोमा पुग्न नसकेको बताउनुभयो। वहाँले छात्राबृत्तिमा देखिएको यो भेदभाव छिट्टै अन्त्य हुने पनि बताउनुभयो।
केन्द्रिय पूर्व प्राज्ञिक सल्लाहकार लोकनाथ उपाध्यायले निजी विद्यालयले गरिखाने शिक्षा प्रदान गरेको तर उनीहरुको लागि राज्यले कुनै अवसर नदिएको कारण विदेश पलायन हुनु परेको बाध्यता बताउनुभयो। कार्यक्रममा लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डेय, केन्द्रिय सहकोषाध्यक्ष हेमलाल भुषाल, अभिभावक संघका लोकनाथ ज्ञवाली, डि.बी.थापा लगायतले आ–आफ्नो भनाई राख्नुभएको थियो। कार्यक्रममा एसईई परीक्षा २०७८मा ४ जीपीए प्राप्त गर्ने अक्सफोर्ड मा.वि.का बिलक्षण भुषाल र दिपेश भुषाल तथा न्यू होराइजन मा.वि.का स्प्रीय ढकाल र बिमर्श ज्ञवालीलाई नगद तथा प्रमाणपत्र द्वारा सम्मान गरिएको थियो।
त्यसैगरी प्याब्सन नेपाल द्वारा आयोजित राष्टÄव्यापी लोकनृत्य प्रतियोगितामा प्रथम हुन सफल कुमारवर्ती ई.बो.स्कूललाई समेत सम्मान गरिएको थियो। कोषाध्यक्ष भोजराज पौडेलले आर्थिक प्रतिवेदन सचिव दिपक खनालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रम प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्नतराम शर्माको अध्यक्षता वरिष्ठ उपाध्यक्ष एकनारायण काफ्लेको स्वागत र सचिव दिपक खनालको सञ्चालनमा सम्पन्न भएको थियो।