कञ्चन जेसिज वर्ष २०२२ को जेसिज सप्ताह एक समारोहका बिच शनिबार सम्पन्न भएको छ। कञ्चन जेसिजको ब्राण्डको रुपमा रहेको जेसिज सप्ताहमा संचालन गरिएको प्रथम कञ्चन ताराको उपाधी प्रेम बिश्वकर्माले र चौथो भ्वाइस अफ कञ्चनको उपाधी समिक्षा पौडेलले हात पारेकी छिन । समिक्षा पौडेलले ३० जना प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै चौथो भ्वाइस अफ कञ्चनको उपाधी हात पारेकी हुन। उपाधी हात पारेसंगै उनले नगर ८ हजार रुपैया र मेडल प्राप्त गर्न सफल भईन। यस्तै निर्देशिका अधिकारी चौथो भ्वाइस अफ कञ्चनमा द्वितिय भएसंगै उनले नगद ६ हजार रुपैया र मेडल प्राप्त गरेकी छिन। तृतिय स्थान भएकी अञ्जु बुढा मगरले नगद ४ हजार रुपैया र मेडल तथा कृष्टिना सापकोटाले सान्त्वना स्थान हासिल गरी नगद २ हजार रुपैया प्राप्त गर्न सफल भएकी थिइन। अन्तिम ८ मा पुगेका प्रतिस्पधीहरु बिच फाइनल प्रतिस्पर्धा गराइएको थियो।
यस्तै यस बर्ष देखि नया प्रतियोगिताको रुपमा संचालन गरिएको प्रथम कञ्चन ताराको उपाधी प्रेम बिश्वकर्माले हात पारेका छन। गायन क्षेत्रमा रुचि भएका तर प्रतिभा प्रस्फुटन गर्न नपाएका गायन प्रतिभाहरुको खोजी गर्ने अभियानका साथ संचालन गरिएको प्रथम कञ्चन ताराको उपाधी हात पारेसंगै बिश्वकर्माले नगद ८ हजार रुपैया र मेडल प्राप्त गर्न सफल भएका छन। बिश्वकर्माले ६० जना प्रतिभाहरुका बिच भएको छनौट चरणबाट अन्तिम ८ मा परेका अन्य प्रतिस्पर्धीहरुलाई पछाडी पार्दै उक्त उपाधी चुम्न सफल भएका हुन।
यस्तै प्रतियोगितामा कौशिला सुनार द्वितिय हुन सफल भएका छन। सुनारले द्वितिय भएसंगै नगद ६ हजार रुपैया र मेडल प्राप्त गर्न सफल भएका छन भने अमृत सुनार तृतिय भएका छन। अमृतले नगद ४ हजार रुपैया र मेडल प्राप्त गरेका छन । त्यस्तै प्रतियाुगितामा सान्त्वना स्थान हासिल गर्ने सुनिता नेपालीले नगद २ हजार रुपैया प्राप्त गर्न सफल भएका छन। चौथो भ्वाइस अफ कञ्चन र प्रथम कञ्चन ताराका विजेता तथा उपविजेतालाई सम्मान तथा पुरस्कार वितरण गर्दै कञ्चन जेसिजले विभिन्न कृयाकलाप सञ्चालन गरी कञ्चन भित्र रहेका प्रतिभाहरुको खोजी गरी उनिहरुको प्रतिभालाई उजागर गर्न सफल भएको प्रति धन्यवाद व्यक्त गर्नुभयो। यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चन जेसिजले रचनात्मक कार्यक्रमहरु सञ्चालन गरी समाजमा नमुना संस्थाको रुपमा परिचित भइरहेको स्मरण गर्नुभयो।
गत मंसिर १८ गते देखि सञ्चालन भएको जेसिज सप्ताहमा भ्वाइस अफ कञ्चन, कञ्चन तारा, साईवर सुरक्षा सम्बन्धी भर्चुअल तालिम, महिला लक्षिता उदघोषण कला तालिम, मैत्रीपुर्ण फुटवल प्रतियोगिता, जेहेन्दार बिधार्थीहरुका लागि निशुल्क पोशाक वितरण र अन्तर जेसिज ब्याढमिण्टन प्रतियोगिता संचालन गरिएको थियो।