कपिलवस्तुको कृष्णनगरमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवार सम्पन भएको छ। कृष्णनगर नगरपालिकाको आयोजना र आफन्त नेपाल,नेपाल प्रहरी, शसस्त्र प्रहरी, शान्ती पुनर्स्थापना गृह,साना हात नेपाल, सुआहारा लगायत संघ संस्थाको सहकार्यमा एक कार्यक्रमका बिच समापन भएको हो। कार्यक्रमलाई संबोधन गर्दै भन्सार कार्यालय कृष्णनगरका अधिकृत तथा कार्यक्रमका प्रमुख अतिथी ठाकुर गौतमले लैङ्गिकताको आधारमा कोहि कसैले विभेद गर्न नहुने र हिंसा घरबाट नै अन्त्य गर्नु पर्नेमा जोड दिनुभयो। लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिदै अपराध गर्नेले उन्मुक्ति पाउन नहुने नहुने समेत प्रमुख अतिथि गौतमले बताउनुभयो।
कार्यक्रममा ईलाका प्रहरी कार्यालय कृष्णनगरका वरिष्ठ प्रहरी नायब निरिक्षक दामोदर डाँगी, अस्थायी चेक पोष्ट लिंकगेटका वरिष्ठ प्रहरी नायब निरिक्षक शिव ओली, कविराज नागेश्वर मिश्र लगायतले लैङ्गिक हिंसा विरुद्ध मन्तब्य राख्नुभएको थियो । कार्यक्रम कृष्णनगर नगरपालिकाका उप प्रमुख आरती देवी चौधरीको अध्यक्षता सम्पन्न कार्यक्रमको संचालन कृष्णनगर नगरपालिका महिला शाखा प्रमुख थुमा देवी उपाध्यायले गर्नुभएको थियो।
कृष्णनगरमा लैंगिक हिंसा बिरूद्ध १६ दिने अभियानको समापन
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??