spot_img
spot_img
spot_img

क्रोएसियासँगको हारपछि नेयमारले भने, ‘यो हार लामो समयसम्म याद रहनेछ’

spot_img

एजेन्सी । फिफा विश्वकपको सेमिफाइनल पुग्ने आफ्नो सपना चकनाचुर भएपछि ब्राजिलका चर्चित फुटबल खेलाडी नेयमारले यो हार लामो समयसम्म याद रहिरहने बताएका छन् । सामाजिक सञ्जालमा भावुक पोस्ट गर्दै उनले लेखेका छन्, ‘यो हारपछि म मानसिक रूपमा टुटेको छु । यो यस्तो हार हो जसले मलाई सबैभन्दा बढी चोट पुर्‍याएको छ ।

दुःखको कुरा हो तर यो हार मलाई लामो समयसम्म याद रहनेछ ।’ ‘मैले खेल सकिएपछि १० मिनेटसम्म केही सोच्न सकिनँ, मलाई सुरुमा पक्षाघात भएको जस्तो भयो र त्यसपछि म रुन थालेँ ।’ उनले थपेका छन्, ‘हामी अन्तिमसम्म लड्यौं । मलाई मेरा सहकर्मीहरूप्रति गर्व छ किनभने हाम्रो इच्छा र प्रयासको कमी थिएन । हामी जित्नका हकदार थियौं तर सायद यो ईश्वरको इच्छा थिएन ।

नेमारले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो टोली र भगवानलाई धन्यवाद दिँदै हारको पीडा बिर्सन नसक्ने लेखेका छन् ।
नेयमार अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचीमा समावेश छन् । १२४ खेलमा ७७ गोल गर्दै उनले चर्चित फुटबल खेलाडी पेलेको बराबरी गरेका छन् । यद्यपि पेलेले ९२ खेलमा ७७ गोल गरेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img