spot_img
spot_img
spot_img

सांसदको नामावलीलाई समावेशी समूह बमोजिम सच्याएर पठाउन पत्राचार

spot_img

निर्वाचन आयोगले समानुपातिकतर्फसांसदको नामावलीलाई समावेशी समूह बमोजिम सच्याएर पठाउन पत्राचार गरेको छ । आज पत्राचार गर्दै आयोगले यही मङ्सिर २६ गते सोमवार बेलुकी ४ बजेसम्म सच्याइएको सूची बुझाउनको लागी दलहरुलाई आग्रह गरेको हो । प्रतिनिधि सभातर्फको नाम सिफारिस गर्न यही मङ्सिर २४ गते ४ बजेसम्म समय दिइएकामा दलहरूले नमावली सिफारिस गरेका थिए ।

यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य चुनावअन्तर्गत समानुपातिक प्रणालीतर्फ मतगणना सकिएपछि आयोगले यही मङ्सिर २२ गते थ्रेसहोल्ड कटाउने दलहरूलाई बन्दसूचीमा समावेश समावेशी समूह मिलाएर नाम पठाउन पत्राचार गरेको थियो ।

पेस भएकामध्ये कतिपय दलले समावेशी समूहबाट उपयुक्त प्रतिनिधित्व नगराएको, कतिपय दलले प्राप्त स्थानभन्दा बढी स्थानमा सिफारिस गरेको पाइएको आयोगले जनाएको छ । नामावली सच्चिएर प्रतिनिधित्व भइ आएपछि आयोगले निर्वाचित भएको घोषणा गर्ने जनाएको हो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img