spot_img
spot_img
spot_img

देशको अर्थतन्त्र विकासको लागि बैंकले उपयोगी कदम चाल्नुपर्ने

spot_img

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देशको अर्थतन्त्र विकासको लागि बैंकले उपयोगी कदम चाल्नुपर्नेमा जोड दिनुहुँदै बैंक तथा वित्तीय संस्थाहरु देशको अर्थतन्त्र विकासको लागि शक्तिशाली हतियार भएको बताउनुभयो। भक्तपुर नपा वडा नं. १० कमलविनायकमा अवस्थित लुम्बिनी विकास बैंकको शाखा कार्यालय उद्घाटन गर्नुहुँदै बैंक तथा वित्तीय संस्थाहरुले जनताको विश्वास जितेर जनउत्तरदायी र पारदर्शी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

समाज सञ्चालन र आर्थिक गतिविधिको लागि पनि बैंकको ठूलो भूमिका रहेको चर्चा गर्दै उहाँले देशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने ढंगले काम गर्नु आजको आवश्यकता हो भन्नुभयो। कोभिडको समयमा विश्वकै अर्थतन्त्रमा नराम्रो असर पुगेको बताउनुहुँदै उहाँले संकटको समयमा सहयोग गर्ने भावनाले बैंक तथा वित्तीय संस्थाले काम गर्नुपर्ने बताउनुभयो।

कार्यक्रममा भक्तपुर नपा १० वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाले जनतालाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउन लुम्बिनी बैंकले सहजीकरण भूमिका खेल्ने बताउनुभयो। त्यस्तै लुम्बिनी बैंकका सञ्चालक केशव अधिकारीले देशको ३१ वटा जिल्लामा लुम्बिनी बैंकको शाखा सञ्चालनमा रहेको अवगत गराउनुभयो। उक्त कार्यक्रममा बैंकका सञ्चालक चिन्तामणि भट्टराईले पनि बोल्नुभएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img