नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) रुपन्देहीको २५ औं जिल्ला सम्मेलन सोमवार बुटवलमा सम्पन्न भएको छ । सो सम्मेलनले पारस राहादी मगरको अध्यक्ष्यतामा २७ सदस्यीय जिल्ला समिति निर्वाचितगरेको छ । सम्मेलनमा अखिल ९क्रान्तिकारी०का केन्द्रीय कोषाध्यक्ष दिपक बिष्टले कार्यक्रममा सम्बोधन गर्दै निगम तथा दलाल पूँजीवादी शिक्षा प्रणालीले बिद्यार्थी भविष्यमाथि खेलवाड गरेको आरोप लगाउनु भयो। सम्मेलनका प्रमुख अतिथि समेत रहनु भएका बिष्टले वर्तमान शिक्षा प्रणालीको खारेज गरेर वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गर्नुपर्ने बताउदै अखिल ९क्रान्तिकारी० सत्तापक्षीय नभइ प्रतिपक्षी संगठन भएकोले निगम पूँजीवादी शिक्षाको विरुद्धको सङ्घर्षको नेतृत्व गरिरहेको बताउनुभयो ।
नेकपा ९बहुमत० केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश इञ्चार्ज शार्दुलले संसदीय संशोधनवाद विरुद्धको लडाइँमा बिद्यार्थीको पहलकदमी अत्यन्तै महत्वपूर्ण रहेको बताउनु भयो । शिक्षा क्षेत्रमा राज्यको गलत रवैया भएको भन्दै शार्दुलले त्यसको विरुद्ध बिद्यार्थीहरू सङ्घर्षमा होमिनुको विकल्प नरहेको बताउनु भयो । नेता शार्दुलले शिक्षाको व्यापारिकरण र निजिकरण गर्न नहुने भन्दै आम गरिखाने श्रमजीवी वर्ग त्यसको मारमा परेको र त्यसको अन्त्य हुनुपर्नेमा जोड दिनु भयो। अखिल (क्रान्तिकारी) प्रदेश ईञ्चार्ज नवीन खड्काले शैक्षिक माफियाहरूको विरुद्ध निर्मम लडाइँ लड्ने बताउदै बिद्यार्थी आन्दोलनका शहिदहरूको सपना पूरा गर्ने जिम्मेवारी भएको र त्यसलाई पूरा गर्न वैज्ञानिक समाजवादी शिक्षा प्रणाली स्थापित गर्नु अनिवार्य रहेकोमा जोड दिनुभयो ।
सम्मेलनबाट नव निर्वाचित अध्यक्ष पारस राहादी मगरले नि शुल्क शिक्षाको लागि अखिल ९क्रान्तिकारी०ले निरन्तर सङ्घर्ष गरिरहेको बताउनु भयो । प्रतिवद्धता मन्तव्य राख्दै अध्यक्ष राहादीले गत असार सम्पन्न संगठनको विशेष राष्ट्रिय भेलाले पारित गरेको वैज्ञानिक समाजवादी शिक्षाको अवधारणा र शैक्षिक घोषणा लिएर बिद्यार्थी माझ जाने र आन्दोलनको नेतृत्व गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै नव निर्वाचित अध्यक्ष राहादीले अबको आन्दोलन शिक्षा र रोजगारीको लागि हुनुपर्ने बताउनुभयो ।
सम्मेलनमा नेकपा (बहुमत) रुपन्देही ईञ्चार्ज प्रवेश र अखिल (क्रान्तिकारी) केन्द्रीय छात्रा विभाग प्रमुख ईन्दु वली, अनेमसंगठन लुम्बिनी प्रदेश संयोजक रञ्जिता थापा, अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्यद्वय शन्देश सापकोटा र निर्मला खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा नेकपा(बहुमत) रुपन्देही संयोजक शुनिल, युवा जनस्वयंसेवक केन्द्रीय सचिव सन्तोष सुवेदी, अनेमसंगठन रुपन्देही अध्यक्ष पूजा खरेल लगायतको आतिथ्यता समेत रहेको सम्मेलनमा द्रोणध्वज मल्लको स्वागत तथा पदम नेपालीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । जिल्लाभरबाट साढे चार सय प्रतिनिधि पर्यवेक्षकको सम्मेलनमा विविध सांस्कृतिक प्रस्तुतिहरू समेत भएको थियो ।