लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बुधवार लुम्बिनी प्रदेशको प्रशासनिक कार्यको शुभारम्भ गर्नुभएको छ। बुधबार राप्ती उपत्यका देउखुरी दाङबाट लुम्बिनी प्रदेश सरकारको मुख्य प्रशासनिक कार्यको देउखुरीबाट शुभारम्भ गर्दै मुख्यमन्त्री के।सी।ले आजदेखि लुम्बिनी प्रदेश सरकारको सम्पूर्ण काम प्रारम्भ भएको घोषणा गर्नुभएको हो ।
मुख्यमन्त्री केसीले प्रदेशको गौरवको आयोजना अन्तर्गत राजधानी कार्यान्वयन, पहाडी सडक, प्रादेशिक अस्पताल, प्रदेश विश्वविद्यालय स्थापना प्रदेश सरकारको उपलब्धि भएको बताउनुभयो। कुनै परिणामका लागि साहस चाहिने बताउँदै मुख्यमन्त्री केसीले त्यहि साहस प्रदर्शन अन्तर्गत संघीयता कार्यान्वयनमा आफ्नो सरकार सफल भएको दाबी उहाँको थियो ।
प्रदेशको निशान छापबाट ‘प्रदेश मुकाम बुटवल’ भनेर लेखिएको अब नरहने घोषणा गर्दै मुख्यमन्त्री के।सी।ले ‘लुम्बिनी प्रदेशको अस्थायी मुकाम बुटवल भनेर निशान छापमा रहेको शब्द हटाएर अब स्थायी राजधानी ‘देउखुरी’ उल्लेख हुनेछ ।’ भन्नु भयो । उहाँले राजधानी कार्यान्वयनमा सहयोग गर्ने मन्त्रीहरू, सभामुख, उपसभामुख सहित कर्मचारी र सुरक्षा निकायलाई धन्यवाद दिदै कार्यक्रममा लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती, प्रदेश स्वास्थ्य मन्त्री ईन्द्रजित चौधरी, प्रमुख सचिव डा। दिपक काफ्ले लगायतले बोल्नु भएको थियो । कार्यक्रममा देउखुरी क्षेत्रका स्थानीयले झाँकी समेत प्रदर्शन गरेका थिए ।