spot_img
spot_img
spot_img

भैरहवामा सञ्चालित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगितामा नवलपरासीका बसन्त थापा प्रथम

spot_img

भैरहवामा सञ्चालित लुम्बिनी राष्ट्रिय महोत्सव–२०७९ मा आयोजना गरिएको अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि पश्चिम नवलपरासीका बसन्त थापा प्रथम भएका छन ।

आज बुधबार भएको फाइनल खेलमा भारतको पंजाबका कालिचिता पहलमानलाई पराजित गर्दै थापा बिजयी भएका हुन । कालिचिताले दोस्रो स्थान प्राप्त गरे भने पंजावकै अशोक पहलमान तेस्रो भएका हुन । पहिलो स्थान हासिल गर्न सफल थापाले २५ हजार रुपैयाँ प्राप्त गरेका छन । दोस्रो भएका कालिचिताले १५ हजार रुपैयाँ प्राप्त गरेका छन । विरगंजका बाबा पहलमानले प्रतिष्पर्धा नगरेपछि अशोक तेस्रो स्थान हुदै नगद ११ हजार रुपैयाँ प्राप्त गरेका छन ।

विजेता खेलाडीहरुलाई महोत्सव एवं कुस्ती प्रतियोगिता आयोजक संस्था सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष भीष्म प्रसाद न्यौपाने, संघका वरिष्ठ उपाध्यक्ष ठाकुरकुमार श्रेष्ठ, कोषाध्यक्ष गोविन्द ज्ञवाली, खेल संयोजक हरिबहादुर थापा, प्रचारप्रसार संयोजक कृष्णप्रसाद घिमिरे, सिद्धार्थनगर नगरपालिकाका प्रशासन प्रमुख शेखरनाथ पन्थी लगायतले नगद, ट्रफी र मेडल प्रदान गरेका थिए । मंसिर २३ बाट सुरु महोत्सवमा २६ देखि २८ गतेसम्म तीन दिन अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img