spot_img
spot_img
spot_img

डबली सभ्यतालाई पुनःजागरण गर्ने काठमाडौंका मेयर शाहको भनाई

spot_img

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह बालेनले महानगरले डबली सभ्यतालाई पुनःजागरण गर्ने बताउनुभएको छ । उनले उपत्यकाभित्र रहेका डबलीहरुलाई जनचेतनामुलक कार्यक्रमहरु गर्न प्रयोग गरिने बताउनुभयो । आज काठमाडौं महानगरपालिकाको २८ औँ महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख साहले उपत्यकाको मौलिक सभ्यता र सम्पदाहरुलाई पुनःजागृत गराउनुपर्नेमा जोड दिदै संस्कृतिहरुलाई जगेर्ना गर्नका निम्ति नयाँ पुस्ताहरुमा हस्तान्तरण गर्दै जानुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ठूलो ठूलो इभेन्ट गर्नका लागि हामीलाई ठूलो मञ्चहरु प्रयोग गर्दै आएका छौँ । तर सानो सानो हाम्रो जनचेतनामुलक, रमाइलोका लागि गरिने जुन पुरानो सभ्यतामा रहेको चिजलाई पुनःजागरण गर्नुपर्छ भन्ने कुराहरु हामीले ग¥यौँ । महशुस यात्रा ग¥यौँ । हामीले के महशुस गर्नुपर्ने छ भने हाम्रो सभ्यता, सम्पदा, पुरानो मौलिक आर्किटेक्चर थियो काठमाडौं महानगरपालिकाको र उपत्यकाको । त्यसलाई पुनःजागरण कसरी गर्ने रु हाम्रो संस्कृतिहरुलाई कसरी पुनःजागरण गर्ने ? र कसरी जोगाइराख्ने ? कसरी पुस्तान्तरण गर्ने रु हाम्रो नयाँ पुस्ताहरुलाई हाम्रो संस्कृति कसरी सिकाउँदै जाने ? हाम्रो पुरानो बाजाहरुलाई कसरी अभिलेखिकरण गरेर त्यसलाई प्रदर्शनको रुपमा, प्रतिष्पर्धाको रुपमा, प्रतियोगिताको रुपमा हामीले हाम्रो नयाँ पुस्ताहरुलाई कसरी सिकाउँदै जाने भन्ने कुराहरु पनि राख्यौँ ।’ प्रमुख साहले महानगरपालिकाबाट गरिने सेवा प्रवाहलाई डिजिटलाइज गर्न सुरु गरिएको बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img