मुस्ताङमा दुर्घटना भएको तारा एयरको जहाजको भग्नावशेष सात महिनापछि सकंलन गरिएको छ । समुद्री सतहबाट चार हजार ३ सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान संकलन गरेर कोवाङ झार्ने काम सकिएको टोलीले जनाएको छ । गत जेठ १५ गते मुस्ताङमा दुर्घटनामा परेको एयरको जहाज पोखराबाट जोमसोमका लागि उडेको थियो ।
जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपले अति विकट पहाडको खोँच तथा पाखोमा छरिएका जहाजका पाटपुर्जा संकलन गर्न तारा एयरले मंसिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??