कञ्चनपुरमा १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ परेका छन । मानसिक रूपमा अशक्त १७ वर्षीया किशोरीलाई ७ महिनासम्म बलात्कार गरेको खुलेपछि उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको हो । पक्राउ पर्नेमा स्थानीय ३७ वर्षीय साधुराम राना, २२ वर्षीय दीपक बोट र ३३ वर्षीय हरिशंकर बोट रहेको प्रहरीको भनाई छ ।
उनीहरूमाथि जिल्ला अदालत कञ्चनपुरमा जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए। किशोरी गर्भवती भएपछि बलात्कार भएको बारे खुल्न आएको हो ।
कञ्चनपुरको बेलौरी नगरपालिका(२ भैंसोरीस्थित ९ कक्षामा अध्ययनरत किशोरीमाथि जेठदेखि पटक पटक बलात्कार भएको अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक भण्डारीले बताएका छन। आइतबार गरिएको स्वास्थ्य जाँचमा किशोरी गर्भवती रहेको र गर्भमा १८ हप्ताको बच्चा रहेको पुष्टि भएको छ।