spot_img
spot_img
spot_img

विश्वव्यापी अध्ययनको निष्कर्ष : महिलाहरु रिसाहा बन्दै

spot_img

एजेन्सी । विश्वव्यापी गरिएको एउटा अध्ययनले महिलाहरु रिसाहा बन्दै गएको देखाएको छ । विश्वव्यापी रूपमा अध्ययन अनि विश्लेषण गर्ने कम्पनी ग्यालपले गरेको एउटा वार्षिक सर्वेक्षणले पछिल्लो १० वर्षमा महिलाहरु बढी रिसाहा हुँदै गएको देखाएको बीबीसीले जनाएको छ । महिलाहरु रिसाहा हुने क्रम कोरोना महामारीले झनै बढाएको देखाएको छ । एक सय ५० वटा देशका एक लाख २० हजार प्रतिनिधि महिलाहरुमा गरिएको अध्ययनले क्रोध, नैराश्य, तनाव अनि चिन्ता पुरुषको तुलनामा निरन्तर रूपमा बढी रहेको देखिएको छ ।

पहिलो पटक सन् २०१२ मा पुरुषभन्दा महिलाहरु बढी रिसाहा हुने क्रम देखिएकोमा अहिलेसम्म आइपुग्दा त्यो निकै उकालो लागेको देखिएको अध्ययन टोलीको निष्कर्ष छ । महिलाहरु बढी रिसाहा बन्नुको मुख्य कारण आम्दानीमा महिलाहरुको संलग्नता बढेसँगै बाहिरिरुपमा स्वतन्त्रता बढेको तर घरभित्र परम्परागत स्वरुप रहनु देखिएको छ ।

अध्ययन टोलीले एउटा उदाहरण दिँदै लेखेको छ ‘बेलुकीपख सहरमा पुरुषहरु आराम गरेर चियापसलमा चिया पिउँदै गरेको देखिन्छ भने महिलाहरु हातमा तरकारीको झोला बोकेर कार्यालयबाट फर्किरहेको देखिन्छ । यसमा महिलाहरु कमाउन सहभागी भएपनि पुरुषहरु घरको काममा सारथी नबन्दा महिलामा क्रोध थपेको छ ।’ केही महिलाहरुले यस अघि पनि रिस उठ्ने गरेको तर त्यसबेला व्यक्त गर्ने वातावरण नभएको र अहिले केही स्वतन्त्रतासँगै रिस व्यक्त गर्न पाइएको पनि बताएका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img