spot_img
spot_img
spot_img

विदेशी गिरोहसँग ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा

spot_img

एजेन्सी । विदेशी गिरोहसँग भारतीय अभिनेत्री ऐश्वर्या रायको नक्कली राहदानी रहेको खुलासा भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार नोएडा प्रहरी र साइबर सेलले नाइजेरियन गिरोहका ३ जना सदस्यलाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट ऐश्वर्याको नक्कली राहदानी बरामद गरेको हो । अनुसन्धानका क्रममा प्रहरीले गिरोहका सदस्यहरूबाट १३ लाख अमेरिकी डलर र १० हजार ५ सय पाउण्ड बरामद गरेको छ। उनीहरुले ऐश्वर्याको नक्कली राहदानी किन प्रयोग गरे भन्ने बारेमा भने प्रहरीले सोधपुछ गरिरहेको छ ।
प्रहरीका अनुसार गिरोहका सदस्यहरूले कम्पनीका प्रतिनिधि भएको भन्दै महँगो मूल्यमा जडीबुटी बेच्चे गरेका थिए। यो नाइजेरियाली गिरोहले लामो समयदेखि वैवाहिक साइट र डेटिङ एप्स मार्फत मानिसहरूलाई लक्षित गर्दै आएको थियो। यसबाहेक अपराधिले सेनाका एक सेवानिवृत्त कर्णेलसँग समेत १ करोड ८१ लाख भारतीय रुपैयाँ ठगी गरेका छन् । त्यसपछि कर्णेलले प्रहरीमा उजुरी दिएपछि मात्रै प्रहरीले घटनाको अनुसन्धान थालेर गिरोहको पर्दाफास भएको हो ।
प्रहरी अधिकारी अभिषेक वर्माका अनुसार नाइजेरियाली अपराधिहरूले आफूलाई इके उफेरेमुक्वे, एडविन कोलिन्स र ओकोलोई डेमियनको रूपमा चिनाएका छन् । तिनै जनालाई ग्रेटर नोएडाबाट प्रहरीले पक्राउ गरेको हो । उक्त गिरोहले एबोट फार्मास्युटिकल्स कम्पनी लगायतका अन्य कम्पनीको मालिक भनेर लाखौं रुपैयाँ लुट्ने गरेको सूचना प्रहरीलाई प्राप्त भएको समाचारमा उल्लेख गरिएको छ ।
पक्राउ परेका तिनै जनासँग भिसा र राहदानी समेत नभएको प्रहरीले बताएको छ । ३ जना सदस्यबाट ऐश्वर्याको राहदानी बाहेक ६ वटा फोन, ११ वटा सिम, ल्यापटप, पेन ड्राइभ र ३ वटा कार समेत प्रहरीले बरामद गरेको छ । यद्यपी अभिनेत्री ऐश्वर्याको राहदानीबाट यी ठगहरूले के अपराध गरेका छन् भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img