रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाएको छ । सिद्धार्थनगर नगरकार्यपालिकाको बैठकले प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । प्लाष्टिकको झोलाको पूर्ण रुपमा विक्री वितरण बन्द नगरपालिकाको कार्यालयले १५ दिने सार्वजनिक सूचना जारी गरेको समेत गरेको छ ।
नगर क्षेत्रमा व्यवसायीहरुले प्लाष्टिकको झोला प्रयोग गरेको पाइएको र प्लाष्टिकको झोलाको प्रयोगले जनस्वास्थ्यमा असर गर्ने गरेकोले विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरिएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी गराउनुभयो ।
१५ दिने सार्वजनिक सूचना जारी गरेर प्लाष्टिकको झोला प्रयोग नगर्न आग्रह गर्दै नगरपालिकाले तोकिएको अवधी पश्चात पनि प्लाष्टिकको झोला विक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजार रुपैयाँ जरिवाना कारवाही गरिने जनाएको छ ।
सिद्धार्थनगर नगरपालिकामा प्लाष्टिकको झोला प्रयोगमा प्रतिबन्ध
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??