‘मानवताका लागि संगीत यात्रा’ लिएर चर्चित नेपथ्य ब्याण्ड संगीत यात्रा लिएर शनिबार साँझ बुटवल आउने भएका छन । यही पुस ९ गते शनिबार साँझ ४ बजे बुटवल–१२ रामनगरमा मानव सेवा आश्रमले नेपालको चर्चित ब्याण्ड नेपथ्य ब्याण्डसँगको सहकार्यमा गर्ने कार्यक्रमको तयारी पूरा भएको आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गरनएका हुन ।
चर्चित गायक अमृत गुरुङ र नेपालयका किरण श्रेष्ठ, अर्पण शर्मासहित प्राविधिक समेत गरि ७० जनाको टोलीसहित बुटवलमा साँगेतिक कार्यक्रमका लागि आउने भएका हुन् । सहयोगापेक्षी सडकआश्रित मानवहरुको सेवा गर्दै आइरहेको मानवसेवा आश्रमको भवन निर्माण र आश्रितको स्वास्थ्य उपचारका लागि आपतकालिन अक्षयकोष स्थापनार्थ कन्सर्ट गर्न लागिएको हो ।
कन्सर्टमा गायक गुरुङले मानवता झल्किने र मानवता प्रवर्द्धनमा सहयोग पुग्ने गीतसँगै आफ्ना चर्चित सांगीतिक प्रस्तुित गर्नेछन् ।