spot_img
spot_img
spot_img

कञ्चनमा उपाध्यक्षसंग सुत्केरी आमा पोषण कार्यक्रम

spot_img

रुपन्देहीको कञ्चन गाउपालिकामा उपाध्यक्षसंग सुत्केरी आमा पोषण कार्यक्रमको शुभारम्भ गरिएको छ। २४ सै घण्टा प्रसुती सेवा रुद्रपुर स्वास्थ्यचौकीमा गर्भवती भए देखि सुत्केरी हुंदासम्म नियमित जाँच र सत्केरी भएका कञ्चनका सुत्केरी आमाहरुलाई पोषण खर्च वापत उपलब्ध गराइने रकम वितरण गरी उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो। सुत्केरी आमालाई पोषण खर्च वापतको रकम वितरण गर्दै गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले सुत्केरी आमा र बच्चाको स्याहार र उचित पोषण उपलब्ध हुन नसकेको अवस्थामा आमा बच्चाको स्वास्थ्य कमजोर हुने बताउनु भयो। सुत्केरी भएको समयमा आमा र बच्चाको सुरक्षित स्याहार र उचित पोषणको व्यबस्था घरका श्रीमान तथा अभिभावकहरुबाट गर्नुपर्ने सकारात्मक सन्देशका लागि उपाध्यक्षसंग सुत्केरी आमा कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष थापा मगरले बताउनुभयो।

कार्यक्रमा प्रमुख अतिथि तथा गाउँपालिकाका अध्यक्ष नवराज ढकालले सुन्दर समाज निर्माणका लागि आमा र बच्चा दुबैको सुरक्षा हुन आवस्यक रहेको उल्लेख गर्नु भयो। सुत्केरी आमालाई प्रयाप्त मात्रामा पोसिलो खाने कुरा उपलब्ध गराउन सकेमात्र आमाले आफ््नो बच्चालाई सुरक्षित र स्वस्थ रुपमा हुर्काउने बताउदै अध्यक्ष ढकालले सुत्केरी आमालाई पोसिलो खानाका लागि भनेर राज्यले व्यबस्था गरेको सुत्केरी आमालाई पोषण खर्चमा स्थानीय सरकारले पनि थप १ हजार रुपैया उपलब्ध गराएको जानकारी दिनुभयो।

कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशीराम पन्थीले हरेक गर्भवती महिलाहरुले आफु सुत्केरी नहुँदा सम्म नियमित रुपमा २४ सै घण्ट प्रसुती सेवा रहेको रुद्रपुर स्वास्थ्य चौकीमा जाँच गराउनु पर्ने बताउनु भयो। गर्भ रहे देखि सुत्केरी हुँदासम्म ४ पटक सम्म स्वास्थ्यचौकीमा जाँच गराउदा आमा र गर्भमा रहेको बच्चाको स्वास्थ्य सुरक्षा हुनुको साथै अस्पतालमा सुत्केरी भएर घर फर्किदा यातायात खर्च समेत राज्यले उपलब्ध गराउदै आएको प्रमुख प्रशासकिय अधिकृत पन्थीले बताउनुभयो।

स्वास्थ्य शाख प्रमुख राम प्रसाद गौतमले गर्भवती महिलाहरुलाई शुन्य घरमा सुत्ेकरी बनाउन र अस्पतालमा सुत्केरी हुन प्रोत्साहन गर्न राज्यले पोषण खर्च वापत रकम उपलब्ध गराउदै आएको बताउनु भयो।कञ्चनमा कुनै पनि गर्भवती महिलाहरुले घरमा बच्चा नजन्माई अस्पतालमा बच्चा जन्माउनु पर्छ भन्ने भावनाको बिकास गर्न कञ्चन गाउँपालिकाले उपाध्यक्षसंग सुत्केरी पोषण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो। कञ्चन गाँउपालिका वडा नं। ४ का वडा अध्यक्ष तथा रुद्रपुर स्वास्थ्यचौकी व्यबस्थापन समितिका अध्यक्ष केशर बहादुर खत्रीले कञ्चनमा सञ्चालन भएको २४ सै घण्ट प्रसुती सेवाबाट बढी भन्दा बढी सेवा सुविधा प्राप्त गरुन भन्ने उद्धेश्यका साथ रुद्रपुर स्वास्थ्यचौकीमा वा चौकीबाट अन्य अस्पतालमा रिफर भई सुत्केरी भएका कञ्चनका आमाहरुलाई पोषण खर्च वापत गाउँपालिकाले सुत्ेकरी आमालाई १ हजार रुपैया उपलब्ध गराएको बताउनुभयो।

रुद्रपुर स्वास्थ्यचौकी व्यबस्थापन समितिका अध्यक्ष केशर बहादुर खत्रीको अध्यक्षता तथा रुद्रपुर स्वास्थ्य चौकीका इन्चार्ज विमला पाण्डेको सञ्चालनमा कार्यक्रम समपन्न भएको थियो। चालु आर्थिक बर्षको मंसिर मसान्त सम्म २४ सै घण्ट प्रसुती सेवा तथा यहाँबाट अस्पतालमा रिफर भएका कञ्चनका करिब ७० जना गर्भवती महिलाहरुले सुत्केरी पोषण खर्च वापत १ १ हजार रुपैया पाउनेछन।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img