spot_img
spot_img
spot_img

बुटवलमा औद्योगिक प्रदर्शनीको पुर्व सन्ध्यामा र्याली : भोली राष्ट्रपति भण्डारीले उद्घाटन गर्ने

spot_img

स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यसहित यही पौष ७ गते भोलि विहिबारबाट बुटवल मण्डपमा आयोजना हुने १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधी तथा पर्यटन महोत्सव–२०७९ को पूर्व सन्ध्यामा आज बुटवलमा औद्योगिक जनचेतना र्याली निकालिएको छ । र्यालीमा १ सय बढी संघ–संस्थाहरुको सहभागिता रहेको जनाईएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएर राजमार्ग चौराहा, मिलनचोक, अस्पताल लाईन, ट्राफिक चोक, श्रवणपथ, सुख्खानगर हुदै पुनःप्रदर्शनी स्थलमा आएर समापन गरिएको थियो ।

र्यालीमा जातजाती, भेषभुषा, धार्मिक, टोल विकास समिति, उद्योगसहितका संघ संस्थाहरुको सहभागिता रहने र र्यालीको समापनका अवसरमा र्यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिने संयोजक खनालले बताउनुभयो । यता प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनीका लागि आवश्यक भौतिक निमार्णको काम सकिएर सजावटको काम सुरु भएको छ। प्रर्दशनी स्थल बुटवल मण्डपमा स्टल, सचिवालय, मञ्च, मनोरञ्जनस्थल तथा पेभेलियनहरुको निमार्ण सकिएपछि सजावटको काम सुरु भएको हो ।

प्रदर्शनीको पुष ७ गते विहिबार भोली राष्ट्रपति विद्यादेवी भण्डारीले दिउँसो १ वजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । प्रदर्शनी मूल आयोजक समितिका संयोजक माधव प्रसाद पौडेलले स्टल दर्ता तथा वितरण गरिएको र तयारी पूरा भएको जानकारी दिनुभयो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा प्रदर्शनी सञ्चालन हुने भएको हो । विगतका प्रदर्शनीभन्दा यस पटकको प्रदर्शनी फरक रहने पौडेलले बताउनुभयो । प्रदर्शनीमा विभिन्न प्रकृतिका स्वदेशी उत्पादन तथा प्रविधिका ४ सय ५० स्टल रहने छन् । यस पटकको प्रदर्शनीमा ७ लाख दर्शकले अवलोकलन गर्ने र २५ करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ ।

प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक–गायिका, हास्य कलाकार, सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोक नृत्य तथा वक्तृत्वकला प्रतियोगिता, प्रदर्शनी आइडल, टिकटक टयालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु रहने आयोजकको भनाई छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img