रुपन्देहीको गैडहवा गाउँपालिकामा न्यानो कपडा वितरण तथा पोषण कार्यक्रम सञ्चालन गरिएको छ। कार्यक्रममा गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौड्यालले अपांग र जेष्ठ नागरिकलाई सधैं सम्मान गर्ने बताउदै अपांगता भएका नागरिकलाई समाजमा हेर्ने दृष्टिकोण फरक रहेको भन्दै समाजमा बस्ने सबैले उनीहरुलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको छ ।
साथै उहाँले अपांगता भएका सम्पूर्णको लागी गाउँपलिकाले विशेष कार्यक्रम ल्याउने बताउनुभयो। यस्तै कार्यक्रममा गाउँपालिका उपाध्यक्ष माधुरी जैसवालले शारीरिक अपांग रहरले नभएर जन्मदानै त्यस्तो भएकोले अपांग भएका व्यक्तिलाइ सबैले माया गर्नुपर्ने भनार्इ राख्दै गाउँपालिकाले सिपको व्यवस्थापन गर्ने उल्लेख गर्नुभएको छ ।
यस्तै कार्यक्रममा वडा नंबर १ का अध्यक्ष प्रदिपकुमार चौधरीले शारिरीक रुपमा अशक्त भएकाहरुको समस्या र ब्यथाआफुले राम्रो संग बुझेको बताउदै उनीहरुको लागी सिपविकास तालिम सन्चालन गरेर अशक्त भएकाले गर्न सक्ने कामको वडामा जानकारी गराउन आग्रह गुर्नभएको छ ।