spot_img
spot_img
spot_img

सिरियल किलर चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त, नेपाल आउन नपाउने गरी फ्रान्स पठाईदै

spot_img

सिरियल किलर भनेर चिनिने फ्रान्सेली नागरिक चार्ल्स शोभराज १९ वर्षपछि जेलमुक्त भएका छन् । केन्द्रीय कारागार सुन्धाराले शोभराजलाई जेलमुक्त गरी अध्यागमन विभाग पठाएपछि उनलाई फ्रान्स पठाउन लागिएको छ । गएको बुधवार सर्वोच्च अदालतले उमेरका कारण शोभराजको बाँकी कैद सजाय मिनाहा गरेर रिहा गर्न आदेश दिएको थियो। अब कहिल्यैपनि नेपाल आउन नपाउने गरी शोभराजलाई फ्रान्स पठाउन लागेको विभागले जनाएको छ ।

२०३२ साल पुस ६ गते अमेरिकी नागरिक कोन्नी जो ब्रोन्जिच र लरेन्टको हत्या आरोप लागेपछि भाग्दै आएका शोभराजलाई २०६० साल असोज २ गते काठमाण्डौको एक क्यासिनोमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेसँगै हत्या र फर्जी राहदानीको अभियोगमा जिल्ला अदालत काठमाण्डौले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । चार वर्षअघि नै ७४ वर्ष पुगेका शोभराजले कारागार नियमावलीअनुसार आफू छुट्नुपर्ने दाबी गर्दै पटक–पटक बन्दी प्रत्यक्षीकरणको रिट दिने गरेका थिए।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img