spot_img
spot_img
spot_img

विद्यालय शिक्षकहरुलाई १५ दिने खेलकुद शिक्षक तालिम शुरु

spot_img

रुपन्देहीको कञ्चनमा राष्ट्रिय खेलकुद परिषद र नेपाल खेलकुद विज्ञान प्रतिस्थानको आयोजना तथा कञ्चन गाउँपालिकाको व्यबस्थापनमा शुक्रवार देखि १५ दिने विद्यालय खेलकुद शिक्षक कोर्ष तालिम शुरु भएको छ। तालिम नेपाल खेलकुद बिज्ञान प्रतिस्थानका निर्देशक संगम सिंह थापाले उदघाटन गर्नुभयो। विद्यालय खेलकुद शिक्षक कोर्ष तालिमको उद्घाटन शत्रको अध्यक्षता ग्रहण गर्दै कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले खेलकुदबाट कोही पनि अछुतो हुन नसक्ने बताउनु भएको छ। कञ्चनमा खेलकुद बिकास गर्न र बिद्यालय तहबाटै दक्ष खेलाडीहरुको उत्पादन गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको तालिमबाट दक्ष प्रशिक्षक उतपादन हुने र तिनै दक्ष प्रशिक्षकहरुले कञ्चनको पहिचान दिन सक्ने राष्ट्रि तथा अन्तराष्ट्रिय खेलाडी उतपादन गर्नमा टेवा पुग्ने अध्यक्ष ढकालले बताउनुभयो।

कञ्चन आफैमा खेलकुदका लागि परिचित र फरक पहिचान बनाउदै आएको स्थानीय तह भएकोले नयाँ पुस्ताबाट अनुशाससित र दक्ष प्रतिस्पर्धी खेलाडी उत्त्पादन गर्न राष्ट्रिय खेलकुद परिषद र नेपाल खेलकुद विज्ञान प्रतिस्थानसंग समन्वय र सहकार्य गरी बिद्यालय शिक्षकहरुका लागि १५ दिने खेलकुद शिक्षक कोर्ष तालिमा उपलब्ध भएको अध्यक्ष ढकालले बताउनुभयो। तालिमको शुभारम्भ गर्दै नेपाल खेलकुद बिज्ञान प्रतिस्थानका निर्देशक संगम सिंह थापाले बिद्यालय तहबाटै दक्ष र अनुशासित खेलाडी उत्पादन गर्ने उद्देश्यका तालिम सञ्चालन गरिएको बताउनु भयो। ७ वटा प्रदेशको ७ स्थान बिद्यालयका शिक्षकहरुलाई खेलकुद शिक्षक कोर्षको रुपमा लुम्बिनी प्रदेशको कञ्चनमा तालिम सञ्चालन गरिएको बताउर्दै निर्देशक थापाले परमपरागत शैलीबाट बिद्यार्थाीहरुलाई खेल्न लगाएर अवको खेलकुदको बिकास नहुने बताउनुभयो।

खेलकुद स्वास्थ्यका लागि मात्र नभएर देशको गरिमा उच्च राख्नको लागि बिद्यालय तहका बिधार्थीहरुलाई विधि र बिज्ञानसम्मत र रणनीतिक ढंगबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्नेगरी सिकाउन र खेलाउन बिद्यालय तहमा अध्यापनरत खेलकुद शिक्षकहरुलाई दक्ष बनाउन आधारभुत तालिमको रुपमा शिक्षक कोर्ष सञ्चालन गरिएको निर्देशक थापाले बताउनुभयो।

कञ्चन गाउपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलकुदको माध्यमबाट कञ्चनलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउने खेलाडी र प्रशिक्षकहरुलाई धन्यवाद ब्यक्त गर्दै कञ्चनका बिद्यालय तथा बिद्यालय बाहिर रहेका खेल प्रति रुचि राख्ने खेलाडीहरुलाई उचित तालिमको आवस्यकता रहेको बताउनु भयो। खेलकुद सिकाउने शिक्षक तथा प्रशिक्षकहरुले नै खेलकुद सम्बन्धी राम्रो ज्ञान हुन सकेन भने बिधार्थीहरुले राम्रो सिक्न नसक्ने उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले बिद्यालय तहका शिक्षकहरुलाई खेलकुदबारे तालिम सञ्चालन गर्नु निकै राम्रो हुने बताउनुभयो। कञ्चन गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत काशिराम पन्थीले बिद्यालय तहबाट दक्ष खेलाडी उत्पादन गर्न दक्ष प्रशिक्षक उत्पादन हुनु पर्नेमा जोड दिनुभयो। दक्ष प्रशिक्षकले मात्र आफ्नो बिधार्थी खेलकुदको क्षेत्रमा सभ्य, अनुशासित र लगनशिल भएर प्रतिस्पर्धामा सहभागिता जनाउने बताउदै राष्ट्रि खेलकुद परिषद तथा नेपाल खेलकुद बिज्ञान प्रतिस्थानबाट कञ्चनका खेल शिक्षकहरुका लागि उपलब्ध गराएको खेलकुद शिक्षक कोर्ष प्रभावकारी बन्नेमा विश्वास व्यक्त गर्नुभयो।

नेपाल खेलकुद विज्ञान प्रतिस्थानका खेल विज्ञ सुलोचना सिजख्वाले हरेक खेलहरुको सिकाईलाई प्रभावकारी बनाउन विज्ञानसम्मत सिकाइको आवस्यकता पर्ने बताउनु भयो। बिद्यालय तहबाटै बिधार्थीहरुको रुचि अनुसार तथा उनिहरुलाई खेलकुद प्रति रुचि बढाउन सिकाईलाई प्रभावकारी बनाउनु पर्ने बताउदै खेल विज्ञ सिजख्वाले नियम र विधिमा आधारित खेलकुद सिकाउन सकेमात्र बिद्यार्थी भित्र रहेको क्षमतालाई निखरता दिन सकिने उल्लेख गर्नु भयो।
बिद्यालय खेलकुद शिक्षक कोर्ष तालिमा सहभागी शिक्षक तथा प्रशिक्षकहरुलाई स्वागत गर्दै कञ्चन गाउँपालिकाका शिक्षा, युवा तथा खेलकुद बिभागका बिभागिय प्रमुख रमेश भुसालले बिद्यालय तहमा रहेका खेलाडीहरुको प्रतिभा र क्षमतालाई सक्षम प्रतिस्पधी बनाउन सञ्चालन गरिएको तालिमबाट दक्ष खेलकुद शिक्षक उत्पादन हुने विश्वास व्यक्त गर्नुभयो। प्रतिभाको सम्मान र दक्ष जनशक्तीको उत्पादन गर्ने उद्देश्यका साथ नेपाल खेलकुद विज्ञान प्रतिस्थान, काठमाण्डौबाट उपलब्ध गराइएको १५ दिने खेलकुद शिक्षक कोर्ष तालिम प्राप्त शिक्षकहरुले बिद्यालयमा गई बिद्यार्थीहरुको सर्वाङ्गिण बिकासका लागि खेलकुद सिकाउनु पर्ने भुसालले बताउनुभयो।
कार्यपालिका सदस्य तथा सामाजिक बिकास समितिका संयोजक चित्र तुलाचनले खेलकुदको माद्यमबाट बिद्यार्थी तथा खेलाडीहलाई समाज रुपान्तरण दिशामा अगाडी बढाउन सकिने बताउनु भएको छ। गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका तुलाचनले खेलकुदलाई व्यबसायिक बनाउन र खेलक्षेत्रमा जिवनको महत्वपुर्ण समय व्यतित गरेका खेलाडीहरुको जिवनवृत्तिका लागि राज्यले नीति बनाउनु पर्नेमा जोड दिदै राष्ट्रका लागि खेल्ने खेलाडीहरुको उचित सम्मान नहुदा नयाँ पुस्ताका खेलाडीहरुमा कुनै उत्साह नआउने बताउनु भयो। वडा नं। १ का वडा अध्यक्ष हरि नारायण थारुले जिवनको सर्वाङ्गिण बिकास र राष्ट्रका लागि खेलिने खेलकुदको बिकासका लागि राज्यले उचित ध्यान दिन नसकेको बताउनु भयो। कञ्चनमा पनि राष्ट्रि तथा अन्तराष्ट्रिय रुपमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष खेलाडीहरु भएको बताउदै वडा अध्यक्ष थारुले बिद्यालय तहबाट दक्ष खेलाडीहरुको उत्पादनका लागि खेलकुद शिक्षक तालिमले उपलब्धी हासिल गर्ने कुरामा बिश्वास व्यक्त गर्नुभयो।

कपर्दी, खो खो, कराँते, टेक्वान्दो, भलिवल, एथलेटिक्स गरी ६ वटा खेलहरुका लागि सञ्चालन गरिएको खेलकुद शिक्षक कोर्ष तालिम कञ्चनका सामुदायिक र संस्थागत गरी ३० बिधालयका खेलकुद शिक्षक र खेलाडीहरुको सहभागिता रहेको छ। कञ्चन गाउापालिकाको सभाहलमा हुने तालिममा नेपाल खेलकुद विज्ञान प्रतिस्थानका खेल विज्ञ सुलोचना सिजख्वा, रुपनदेही खेलकुद बिकास समिति सदस्य तथा राष्ट्रिय भलिवल निर्णायक तुल बहादुर थापा, कपिलबस्तु खेलकुद बिकास समितिका कार्यलय प्रमुख तथा कराँतेका प्रशिक्षक मिन प्रसाद पोख्रेल, खो खो संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा राष्ट्रिय खो खो निर्णायक राम बहादुर थापा, प्रकाशराज भण्डारी लगायतले प्रशिक्षण दिनुहुनेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img