एजेन्सी । भारतीय अभिनेता अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि अनीस बज्मीको फिल्म ‘चोर पुलिस’ मा सहकार्य गर्ने भएका छन् । अनीस र सुभाष घई दुवै मिलेर यो फिल्म बनाउँदै गरेको भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । कमेडीमा आधारित यो फिल्म चोर र प्रहरीको कथामा आधारित हुनेछ ।
जब अनीसले अनिल र ज्याकीलाई फिल्मको कथा सुनाए, उनीहरूलाई कथावस्तु मन पर्यो र उनीहरूले तुरुन्तै यसमा काम गर्न स्वीकार गरे। अनिल फिल्मका लागि अनीसको पहिलो रोजाइ थिए। त्यसपछि सुभाषले ज्याकीको नाम सुझाए । फिल्मका लागि छिट्टै थप सेलिब्रेटीलाई पनि कास्ट गरिनेछ ।
अनिल र ज्याकीले ‘परिंदा’, ‘कर्मा’, ‘राम लखन’ जस्ता १२ वटा फिल्ममा सँगै काम गरेका छन् । ज्याकी र अनिल पछिल्लो पटक सन् २००१ मा रिलिज भएको फिल्म ‘लज्जा’ मा सँगै देखिएका थिए । फिल्म उद्योगमा यति लामो समय कामसँगै मित्रता कायम राख्नु दुर्लभ उदाहरण मानिएको छ ।
अनिल कपुर र ज्याकी श्राफ २१ वर्षपछि सँगै फिल्ममा
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??