spot_img
spot_img
spot_img

रुपन्देही नागरिक समाजद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

spot_img

उर्मिला यादव यात्री // रुपन्देही नागरिक समाज सिद्धार्थनगर रुपन्देहीले उल्लेखित समस्याहरुको समाधानका लागी रुपन्देही नागरिक समाज सिद्धार्थनगर रुपन्देहीले पेट्रोलियम पदार्थको अत्यधिक मुल्यबृद्धि, अप्रत्यासित रुपमा बढाइएको बैंक ब्याजदरको बिरोध गर्दै कृषि मल, खाद र बिउबिजनको सहज आपुर्तिको माग गर्दै आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । भैरहवामा खबरदारी एवम दबाब र्याली सहित समाजले रुपन्देहीमै बैदेशिक मेडिकल रिर्पोट बनाउने कार्यालयको स्थापना, सरकारले हालै ल्याएको मुलुकी फौजदारी संहिता संशोधन बिधेयकले समाजमा अराजकता सृजना गर्ने भन्दैप्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो।

नागरिक समाजले खबरदारी एवम दबाब र्यालीमा पेट्रोलियम पदार्थको मुल्य समायोजन गर, अप्रत्यासित रुपमा बढाइएको बैंक ब्याजदर खारेज गर , कृषि मल, खाद र बिउबिजनको सहज आपुर्ति गर, बैदेशिक मेडिकल रिर्पोट बनाउने कार्यालयको स्थापना गर, अपराधिलाई उन्मुक्ति दिन ल्याइएको बिधेयक खारेज गर लगायतका नारा संगै खबरदारी गर्दै दबाब समेत दिएका थिए।
भैरहवाको बुद्ध चोकदेखि निकालिएको दबाब र्याली जिल्ला प्रशासन कार्यालय रुपन्देहीको कार्यालय अगाडी कोण सभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै रुपन्देही नागरिक समाज सिद्धार्थनगर भैरहवाका अध्यक्ष ईश्वरी प्रसाद चापागाईले नागरीक समाज समाजमा भएका गतिबिधीहरुको वाच डगको रुपमा कार्य गर्दै आएको बताउनु भयो। समाजमा हुने हरेक त्रुटि र कमीकमजोरीलाई सच्याउने वातावरण सृजना गर्न आफनो भुमिकालाई सशक्त बनाउदै नागरीक समाजले नागरीकको हकहित र समाजमा शुशासन राख्न खबरदारी गर्दै आएको अध्यक्ष चापागाईले उल्लेख गर्नु भएको छ ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी पाण्डेले नागरीक समाजले माग गरेका मागहरु जायज र आम नागरीकको हितको लागी भएको बताउदै ज्ञापनपत्र प्रधानमन्त्रीको कार्यालयमा पठाउने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ । खबरदारी एवम दबाब रयालीमा कार्यक्रम संयोजक रामकृष्ण हमालले कार्यक्रमको समापन गर्दै नागरीक समाजले उठाएका समस्याहरुको बारेमा खबरदारी र सहयोग गर्ने सबैमा धन्यवाद दिदै आगामी दिनमा पनि यसरी नै साथ र सहयोगको अपेक्षा साथ एकजुट भएर अगाडी बढन आग्रह गर्नु भएको छ ।

समाजका अध्यक्ष ईश्वरी प्रसाद चापागाईको नेतृत्वमा भएको खबरदारी एवम दबाब रयालीमा संस्थापक तथा निर्बतमान अध्यक्ष क्याप्टेन रेशम केसी, कार्यक्रम संयोजक रामकृष्ण हमाल, महासचिव दीपक कुमार केसी, बरिष्ठ उपाध्यक्ष श्रीराम गुप्ता, उपाध्यक्ष शारदा पोखरेल, चन्द्र रोका, कोषाध्यक्ष ईशा खडका, सिनपा नगर कमीटी अध्यक्ष राजा प्रताप शाही, सिद्धार्थनगर नगरपालिका, सियारी गाउपालिका, ओमसतिया गाउपालिका, मायादेवी गाउपालिका ,सैनामैना नगरपालिका, तिलोत्तमा नगरपालिका, बुटवल उपमहानगरपालिका, तथा देवदह नगरपालिकाका नागरीक समाजका अध्यक्ष लगायत पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img