नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको फेरि प्रधानमन्त्री हुने चाहना पूरा नहुने दाबी गर्नुभएको छ ।
एमाले प्युठान–काठमाण्डौ सम्पर्क मञ्चले शनिबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले समयमा कदम नचालेकाले दाहालको प्रधानमन्त्री हुने इच्छा समाप्त भएको बताउनुभएको हो ।
अध्यक्ष ओलीले सत्तारुढ दलहरुबीचको स्वार्थले देश कमजोर बन्ने अवस्थामा पुगेको उल्लेख गर्दै एमालेलाई सिध्याउँछु भन्ने तत्वहरु आफैं समाप्त भएको तर्क राख्नुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??