एजेन्सी । चीनकी ३८ वर्षीया गायिका जेन झाङले आगामी नयाँ वर्षको पार्टीको मजा लिन सकोस् भनेर जानाजानी आफूलाई कोरोना संक्रमण गराएकी छन् । चीनमा फेरि कोरोनाको खतरा बढ्दै गएको देखेर जेन झाङले आफूलाई कोरोना पहिले नै संक्रमित भइहाल्ने सोच बनाइन् ताकि नयाँ वर्षसम्ममा यसबाट निको भई आफूमा एन्टिबडी विकास गर्न सकियोस् । जेन झाङले आफ्नो सामाजिक सञ्जाल मार्फत यो जानकारी दिएकी थिइन्, जसलाई देखेर मानिसहरूले उनीमाथि ट्रोल गर्न थाले ।
झाङले सामाजिक सञ्जालमा आफूले जानाजानी कोरोना संक्रमित भएको खुलासा गरेकी थिइन् । झाङले लेखेकी छिन्, ‘नयाँ वर्षको प्रदर्शनमा मेरो स्वास्थ्य बिग्रन सक्छ भन्ने चिन्तामा थिएँ, त्यसैले मैले कोभिड पोजेटिभ भएका मानिसहरूलाई भेटेँ किनभने मसँग अहिले भाइरसबाट निको हुने समय छ ।’
झाङ कोभिड संक्रमित व्यक्तिको घरमा गएको बताइएको छ । भाइरसबाट संक्रमित भएपछि उनलाई ज्वरो, टाउको दुख्ने र घाँटी दुख्ने समस्या देखिएको थियो । अहिले उनको स्वास्थ्यमा सुधार आइसकेको छ । यो समयमा चीनमा कोरोनाको सातौं लहर आएको छ । यसको बीएफ ७ भेरियन्ट निकै खतरनाक साबित भइरहेको छ । लन्डनस्थित ग्लोबल हेल्थ इन्टेलिजेन्स कम्पनी एयरफिनिटीका अनुसार चीनमा हरेक दिन १० लाख कोरोनाका केसहरू प्राप्त भइरहेका छन् ।
यसअघि एयरफिनिटीले आफ्नो अनुमानमा चीनमा शून्य कोभिड नीति सकिएपछि २१ लाखको मृत्यु हुन सक्ने बताएको थियो ।