रुपन्देहीको देवदहमा शिक्षकहरुलाइ लागू पदार्थ दुर्ब्यसन विरुद्ध दुई दिने तालिम सम्पन्न भएको छ। सो कार्यक्रम सोइया महिला स्वावलम्बी संस्थाको आयोजनामा सरस्वती मा.वि.को सभाहलमा सम्पन्न भएको थियो। उक्त अभिमुखिकरण तालिममा देवदहका ४ विद्यालय सरस्वती मा.वि, खड्ग मा.वि, भविष्य निर्माण र प्रगती माध्यमिक विद्यालयका शिक्षकहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले यस संस्थाले आफ्नो स्थापनकाल देखि नै शिक्षा, स्वास्थय, कृषि र बालबालिका सम्बन्धि विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको बताउदै संस्थालाई धन्यवाद व्यक्त गर्नु भएको थियो। जुन उद्देश्यका साथ कार्यक्रम आयोजना भएको छ त्यो पूरा हुने कुरामा आशावादी रहेको बताउनुभयो। उहाले कुनै एक जना मात्र कुलतमा फसे उसको कारण घर मात्र नभइ सिंगो समाज नै दुशित हुन पुग्ने हुदा कुलतमा फसेकालाई पनि आफ्नै परिवारको सदस्य हो भन्ने सोच्न आग्रह गर्दै त्यो व्यक्तिलाई कुलतबाट निकाल्न प्रायस गर्नु पर्नेमा जोड दिनुभएको थियो।
दुई दिने अभिमुखिकरण तालिममा देवदह आदर्श बहुमुखी क्याम्पसका सह प्रधानाध्यापक तथा जे.के मेडिकल हलका सञ्चालक जयकृष्ण अधिकारीले लागू पदार्थ दुर्ब्यसनि सम्बन्धि र महिला अधिकार कर्मी ईन्दिरा अर्यालले लैङ्गिक हिंसा सम्बन्धी लैङ्गिक अवधारणाको विषयमा विभिन्न शिर्षकमा रहेर प्रष्ट पार्नुभएको थियोे ।
कार्यक्रममा नेपाल बाल संगठनका जिल्ला कार्यसमिति सदस्य सुरज भट्टराई, गल्स फस्ट फण्ड परियोजना संयोजक रोजि गुरुङ,सरस्वती मा.वि, खड्ग मा.वि, भविष्य निर्माण र प्रगती माध्यमिक विद्यालयका शिक्षकहरु र संस्थाका कर्मचारी लगाएतको उपस्थिति रहेको थियो। कार्यक्रम संस्थाको अध्यक्ष केशमाया थापाको अध्यक्षता,संस्थाको व्यवस्थापक मेनुका न्यौपानेको स्वागत र गल्स फस्ट फण्ड कार्यक्रमको संयोजक रोशी गुरुङ र एलिना हमालको सञ्चालनमा भएको थियो।