spot_img
spot_img
spot_img

निश्चल कृषि सहकारी संस्था कञ्चनको तेश्रो अधिवेशन सम्पन्न

spot_img

निश्चल कृषि सहकारी संस्था लिमिटेड, कञ्चन ४, रुपन्देहीको आठौं साधारण सभा तथा तेश्रो अधिवेशन शनिवार सम्पन्न भएको छ। अधिवेशनले जगीलाल थापाको अध्यक्षतामा ९ सदस्यि सञ्चालक समिति गठन गरेको छ। अधिवेशनबाट केशर सिंह रानालाई उपाध्यक्षमा, दुर्गा रानालाई सचिवमा र कल्पना रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको छ। यसैगरी अधिवेशनले सञ्चालक समितिको सदस्यहरुमा कमला सलामी, देवि दमाई, मिना कुमारी रासकोटी, सुमिता थापा र प्रकाश क्षेत्रीलाई सर्वसम्मत निर्वाचित गरेको छ। सोही अधिवेशनबाट ठाकुर गौतमको संयोजकत्वमा तिन सदस्यिय लेखा सुपरिवेक्षण समिति गठन गरेको छ। जसमा दीपा श्रीस र प्रेम बहादुर राजकोटीलाई सदस्यमा निवार्चित भएका छन।

अधिवेशनको बन्द सत्रमा चन्द्र बहादुर क्षेत्रीको संयोजकत्वमा खिम बहादुर सारु र धनि थापा खत्री सम्मिलित तिन सदस्यिय निर्वाचन समितिले आगामी तिन बर्षका लागि नयाँ कार्य समिति गठन गर्न सहजिकरण गरेको थियो। साधारण सभाको खुल्ला सत्रमा संस्थाका अध्यक्ष जगी लाल थापाले प्रस्तुत गर्नु भएको संस्थाको बार्षिक प्रगति प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक ठाकुर गौतमले प्रस्तुत गर्नु भएको सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मत अनुमोदन गरेको छ । उक्त संस्थाले आ।व। २०७८र०७९ मा २ लाख २७ हजार ९५० रुपैया नाफा गरेको छ भने ७ लाख २१ हजार शेयर पुँजी रहेको छ।
साधारण सभा तथा अधिवेशनको उद्धघाटन गर्दै कञ्चन गाउँपालिका वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले शेयर सदस्यहरुलाई कृषि उत्पादनमा प्रोत्साहित गर्नु पर्नेमा जोड दिनु भएको छ। प्रमुख अतिथि समेत रहनु भएका वडा अध्यक्ष खत्रीले कृषि सहकारी संस्थामा संकलित पुँजी र निक्षेपको लगानी गर्दा शेयर सदस्यहरुलाई आयमुलक कार्यमा लक्षित गर्नमा जोड दिनु भयो। यस्तै कञ्चन गाउँपालिकाका कार्यपालिका सदस्य सुशिला थापाले निश्चल कृषि सहकारीमा आवद्ध शेयर सदस्यहरु अधिक्तम महिलाहरु भएकाले सहकारी मार्फत महिला शेयर सदस्यहरुको नेतृत्व बिकास गर्नु पर्ने बताउनु भयो। अव महिलाहरु नै हरेक संघसंस्थाहरुको नेतृत्व गर्न सकेमात्र समाज रुपान्तरणमा महत्वपुर्ण भुमिका रहने बताउनुभयो।

साधारण सभाबाट संस्थाका अध्यक्ष जगीलाल थापाले प्रस्तुत गर्नु भएको निश्चल कृषि सहकारी संस्था लिमिटेडको विनियम २०७२ को पहिलो संशोधन २०७९, बचत परिचालन नीति २०७९, बजार व्यबस्थापन नीति २०७९, ऋण नीति २०७९, कोष बाँडफाँड तथा लेखा परिक्षण कार्यविधि २०७९, आर्थिक प्रशासन नीति २०७९, कर्मचारी प्रशासन नियमावली २०७९ र साधारण सभा सञ्चालन कार्यविधि २०७९ सर्वसम्मत अनुमोदन गरेको छ।
संस्थाका अध्यक्ष जगी लाल थापाको अध्यक्षतामा सम्पन्न साधारण सभामा शेयर सदस्य प्रकाश क्षेत्रीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img