spot_img
spot_img
spot_img

सन् २०३५ सम्ममा कोइलाको माग उच्च बिन्दुमा पुग्ने

spot_img

एजेन्सी । सन् २०३० देखि २०३५ को बीचमा कोइलाको माग उच्च बिन्दुमा पुग्ने सम्बद्ध अधिकारीले बताएका छन् । केन्द्रीय कोइला, खानी तथा संसदीय मामिलामन्त्री प्रह्लाद जोशीले भारतमा कोइलाको माग जारी रहने सन् २०३५ सम्ममा यो उच्च विन्दुमा पुग्ने बताएका हुन् । कोइला भारतको ऊर्जाको प्रमुख स्रोत हो । सन् २०२२–२३ ९अप्रिल–अक्टोबर० मा कोइलामा आधारित विद्युत गृहहरूमा कोइलाको खपत बढेर ४४ करोड ७६ लाख टन पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यो खपत ३९ करोड ८२ लाख टन थियो। यसरी हेर्दा अघिल्लो वर्षको तुलनामा यो वर्ष कोइलाको खपत १२ प्रतिशतले बढेको देखिएको छ ।

मन्त्री जोशीले भने, “पर्याप्त भण्डारको साथ ऊर्जाको किफायती स्रोत भएकोले भारतमा कोइला निकट भविष्यमा ऊर्जाको प्रमुख स्रोतको रूपमा रहनेछ । स्थिरता र ऊर्जा सुरक्षाका लागि देशलाई कोइलामा आधारित उत्पादनको आधार भार क्षमता आवश्यक पर्छ ।” ऊर्जा मन्त्रालयले सन् २०३० सम्ममा नयाँ तथा नवीकरणीय गैरजीवाश्म इन्धनमा आधारित ऊर्जा स्रोतबाट करिब ५० प्रतिशत संचयी विद्युतीय ऊर्जा स्थापित क्षमता हासिल गर्ने योजना बनाएको छ ।

हालसम्म, गैर–जीवाश्म इन्धन स्रोतहरूबाट कूल १७२।७२ मेगावट क्षमता स्थापित गरिएको छ । जसमध्ये ६१।६३ मेगावट​ सोलार, ४१।८४ मेगावट​ वायु र साना करिब १५ मेगावट​ गरी कूल ११९।०९ मेगावट​ नवीकरणीय उर्जा स्थापित गरिएको छ ।

-एएफपी

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img