spot_img
spot_img
spot_img

यदुवंशीहरु मिलेर सशक्त रुपमा अगाडी बढ्नुपर्नेमा जोड

spot_img

गोपाल सेवा समिती र यदुवंंशी युवा समाज रुपन्देहीको संयुक्त आयोजनामा शनिवार परिवार मिलन तथा पिकनिक कार्यक्रम रुपन्देहीको चिल्हियामा सम्पन्न भएको छ। परिवार मिलन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा गोपाल सेवा समिती रुपन्देहीका जिल्ला अध्यक्ष तथा केन्द्रिय उपाध्यक्ष भरथरी यादवले समाजमा नै दुई प्रबृत्तिका मानिसहरु भएकोले संस्थाको बिकासमा अवरोध सिर्जना भएको गुनासो गर्नुभयो । अबको दिनमा महिलाहरुलाई कसरी अगाडी बढाउन सकिन्छ भन्नेबारे गोपाल सेवा समिती प्रतिबद्ध भएर काम गर्ने बताउदै यादवले समुदायमा पनि एकता हुन आवश्यक रहेकोले गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीले मिलेर कार्य गर्नुपर्ने बताउनुभएको छ ।

यस्तै गरी कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव ९भोला०ले गोपाल सेवा समितीको स्थापना भएको लामो समयसम्म पनि समिती र यदुबंशीहरुको बिकास हुन नसकेको चिन्ता गर्नु भयो । गोपाल सेवा समिती र यदुबंशी युवा समाज रुपन्देहीलाई अगाडी बढाउनका लागी सबै एकजुट हुनु पर्ने र तत्काल समाजद्वारा एम्बुलेन्स संचालन गर्नुपर्नेमा जोड दिनु भयो। एम्बुलेन्स सञ्चालनका लागि आफनो वडाबाट एक लाख एक हजार रुपैया बजेट बिनियोजन गर्ने घोषणा समेत गर्नु भएको छ ।

यस्तै गरी गोपाल सेवा समितीका केन्द्रिय सदस्य मातृका यादवले यदुवंंशीहरुको इतिहास पुरानो भएको बताउदै केन्द्रमा आफनो समुदायको हकअधिकार कम भएको उल्लेख गर्नु भयो। रुपन्देहीमा यदुवंशी समुदायको बाहुल्यता भए पनि निर्वाचन लगायत अन्य क्षेत्रमा आफ्नो समुदायका प्रतिनधिहरुलाई सहजै स्विकार गर्न नसकेको गुनासो गर्नुभयो ।

कार्यक्रममा रुपन्देही खबरका प्रबन्ध निर्देशक उर्मिला यादव यात्रीले मधेशी समुदायमा महिलाहरुलाई पुरुषहरुलेनै अगाडी बढाउन नचाहेको बताउनु भएको छ । महिलालाई पुरुष सरह अवसर दिदा समाजले हेर्ने दृष्टिकोण नै फरक हुने भएकोले यसलाई परिर्वतन गर्न जरुरी रहेको बताउनु भएको छ । मधेशी समुदायमा महिलाहरु जति नै शिक्षित भए पनि घरबाट बाहिर निस्कने अवस्था नभएकोले अगाडी बढन नसकेको प्रबन्ध निेर्देशक यादवले बताउनु भएको छ । पुरुष सरह महिला पनि उदाहरणिय कार्य गर्न सक्ने भएकोले महिलालाई अवसर दिन आग्रह गर्दै यादवले छोरीलाई शिक्षा दिएर आत्मनिर्भर बनाउनुपर्ने र समाजमा बिकृतिको रुपमा रहेको दाइजो प्रथाको अन्त्यका लागि गोपाल सेवा समिती र यदुबंशी युवा समाजले अभियानको रुपमा आआफनो घरबाट नै शुरुवात गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा गोपाल सेवा समिती सियारीका अध्यक्ष केशव यादवले यादव समाजलाई एकजुट भएर अगाडी बढन आग्रह यदुबंशीहरुमा भएको कमी कमजोरीको पहचिान गरी ती कमजोरीहरुलाई समाधान गरेर यदुवंशीहरुको अधिकारका लागि संघर्ष गर्नु पर्नेमा जोड दिनु भयो। परिवार मिलन तथा पिकनिक कार्यक्रममा महिला र पुरुष बिच हाडी फोर प्रतियोगिता, बालबालिकाहरुमा कुर्ची दौड, टर्फी दौड लगायतका प्रतियोगिता पनि सम्पन्न गरेको छ भने प्रतियोगीतामा प्रथम , द्धितिय र तृतियलाई पुरस्कार समेत बितरण गरिएको थियो ।

यदुबंशी युवा समाज रुपन्देहीका अध्यक्ष डा।रणधिर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा डाक्टर बिरेन्द्र यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । यदुबंशी युवा समाज रुपन्देहीका बरिष्ठ उपाध्यक्ष राकेश यादवको स्वागत तथा समितीका सचिव उमाशंकर यादवले कार्यक्रमको संचालन गर्नु भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img