पाल्पामा दुई टिप्परबीच परेर सहचालकले ज्यान गुमाएका छन । आज (सोमबार) बिहान साढे ५ बजे निस्दी गाउँपालिका ७ पिपेन्डिस्थित सर्वोत्तम चुनढुंगा खानी नजिकै सुनवल भित्री कच्ची सडकमा हावा भर्न रोकेको ग २ ख ०७६९ नम्बरको टिपर अचानक गुडेर पार्किङमा रहेको ग २ ख ०७७१ नम्बरको टिप्परसँग ठोक्किएको थियो।
ठोक्किएपछि सुर्खेत चिनगाड गाउँपालिका ६ बस्ने जितबहादुर चलाउने दुई टिप्परबीच च्यापिन पुगेका थिए । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्र थापाले जानकारी दिनुभएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??