प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । द्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाट कार्यक्रममा दाहालले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराउदै कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै जाने बताउनुभयो ।
सोही भेटघाट कै क्रममा व्यवसायीले देशको आर्थिकमन्दीलाई सुधार गर्नुपर्नेतर्फ प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका थिए । प्रधानमन्त्रीसँगको भेटमा सङ्घका निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठ र सदस्य राजन पियाको सहभागिता रहेको थियो ।