spot_img
spot_img
spot_img

बागलुङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प

spot_img

मध्य राती बाग्लुङ केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जिल्लाको खुङ्गा क्षेत्रलाई केन्द्रविन्द्र बनाएर राती २ बजेर सात मिनेट जाँदा भूकम्प गएको हो । त्यसअघि राती १ बजेर २३ मिनेट जाँदा पनि बाग्लुङकै अधिकारी चौर आसपासमा केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार बिहान करिब साढे तीन बजे पनि अधिकारी चौरमै केन्द्रविन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पको धक्का बाग्लुङसहित छिमेकी जिल्लामा पनि महसुस भएको थियो । यो प्रकम्प नभइ नयाँ भूकम्प भएको केन्द्रले जनाएको छ ।
भूकम्पको क्षतिको विवरण भने अहिलेसम्म प्राप्त भएको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img