कपिलवस्तुमा छाडा चौपायाको व्यवस्थापनको काम सुरु गरिइको छ । छाडा गाईगोरुको कारण अस्तव्यस्त सडक र अन्नपात खाएर किसानले हैरानी खेपिरहेको अवस्थामा कपिलवस्तु नगरपालिकाले यसको व्यवस्थापनको लागी काम थालेको हो ।
तौलिहवा र आसपासका छाडा गाई गोरुको व्यवस्थापन गर्न वरपर तारजाली लगाएर कान्जि हाउस निर्माण गरी गाईवस्तु राखिएको नगर प्रमुख सुदीप पौडेलले बताउनुभएको छ ।
छाडा गाईगोरुको हैरानी खेपेपछि विद्यार्थीहरुले तौलिहवामा प्रदर्शन समेत गरेका थिए । नगरपालिकाको वडा नं ३ मा गाईगोरुको व्यवस्थापन थालिएको हो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??