महान्यायाधिवक्ता दिनमणि पोखरेलले पदभार ग्रहण गर्नुभएको छ । २९ औं महान्यायाधिवक्ताको रुपमा पोखरेलले आज (बिहीबार) राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल समक्ष कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाए लगत्तै महान्यायाधिवक्ताको कार्यालयमा पुगेर पदभार ग्रहण गर्नुभएको हो।
प्रधानमन्त्री दाहालको सिफारिसमा राष्ट्रपति भण्डारीले पोखरेललाई बुधबार महान्यायाधिवक्तामा नियुक्त गर्नुभएको थियो । महान्यायाधिवक्ता पोखरेलले यसअघिका महान्यायाधिवक्ताहरुले गरेका राम्रा कामहरुलाई अघि बढाएर थप नयाँ काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??