अक्षर एकेडेमी ग्रुपले संचालन गरेका अक्षर एकेडेमी ब्लक ए र बीमा दुई छुट्टाछुट्टै कार्यक्रम गरेर अभिभावक भेला तथा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । पारि बुटवल जितगढी किल्ला नजिकै रहेको अक्षर ब्लक ए र कालिकानगर कालिकाचोकमा रहेको ब्लक बीमा छुट्टाछुट्टै कार्यक्रम गरेर अक्षरले अभिभावक भेला तथा अंग्रेजी नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो ।
गुणस्तरीय शिक्षा र आधुनिक सिकाईलाई कसरी ब्यवस्थित र विद्यार्थीमैत्री बनाउन सकिन्छ भन्ने विषयमा अभिभावक भेला गरिएको अक्षर एकेडेमी ग्रुपका संचालक तथा अध्यक्ष अमरनाथ पाठकले जानकारी दिए । उनले अंग्रेजी नयाँ वर्ष २०२३ को अभिभावक, शिक्षक तथा विद्यार्थीहरुमा शुभकामना आदानप्रदान गरेका थिए । गुणस्तरीय सिकाईलाई ब्यवस्थित गर्न र बालमैत्री सिकाईलाई अझ प्रभावकारी बनाउका लागि अभिभावक भेला गरिएको ब्लक ए अक्षर पारि बुटवलका प्रिन्सिपल रुपा श्रेष्ठ पाठकले जानकारी दिईन् । उनले विद्यार्थीको क्षमता विकास गरि उनीहरुको चाहना अनुसारको शिक्षण सिकाइलाई सहज बनाउनका लागि अभिभावकसँग शिक्षक राखि अभिभावक भेला गरिएको बताईन् ।
यस्तै अक्षर एकेडेमी ब्लक बी कालिकानगरमा भएको भेलाको स्वागत गर्दै प्रिन्सिपल सोनम पाठकले शिक्षक अभिभावकबीचको दुरीलाई हटाई बालमैत्री शिक्षणवृद्धिका लागि भेला गरिएको जानकारी दिईन् । अक्षर ब्लक एमा शिक्षक बविता अर्याल र अक्षर बी ब्लकमा एकेडेमीक डाइरेक्टर मेरिना बर्माको संचालनमा भएको कार्यक्रममा अक्षर बीका संरक्षक शकुन्तला राना र बीका शिक्षक दुर्गा सापकोटा तिवारी नयाँ वर्षको शुभकामना दिदै शिक्षण सिकाइलाई अझ ब्यवस्थित गर्नु पर्ने सुझाव दिईन् । दुबै विद्यार्थीलयले माघ ७ गते बार्षिकोत्सव कार्यक्रम गर्ने जनाएका छन ।